मन्त्रालयले गल्ती सच्यायो, संक्रमित २४५ मात्र

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको विवरण दिँदा गम्भीर गल्ती गरेको छ ।

पुरानो विज्ञप्तिमा आएका संक्रमितको संख्या थपेर। नयाँ तथ्यांक देखाएको मन्त्रालयले त्यसलाई सच्याएको छ ।

प्रदेश २ मा ५ जना ब्यक्ति संक्रमित भएको वैशाख ३० गते नै जारी गरेको विज्ञप्ति फेरि जेठ १ गते जारी गरी मन्त्रालयले जम्मा संक्रमितको संख्या २५० पु¥याएको थियो । मन्त्रालयले बुधबार राति १०ः १५ बजे जारी गरेको विज्ञप्तिमा उल्लेख भएका महोत्तरी जिल्ला निवासी १६ र ३५ बर्षीय पुरुषहरु, धनुषा जिल्ला निवासी २० बर्षीय महिला र ४० बर्षीय पुरुष र सर्लाही निवासी ४५ बर्षीय पुरुषको विवरण बिहीबार विहान ७ः४५ बजेको विज्ञप्तिमा दोहोरिएको थियो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहीबार १०ः१५ बजे अर्को विज्ञप्ति जारी गर्दै प्राबिधिक कारणले संक्रमितको संख्या थपिएको भन्दै जम्मा संक्रमित २४५ मात्र भएको स्पष्ट गरेको छ ।

बिहिबार, ०१ जेठ, २०७७, बिहानको १०:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर