सुनसरीबाट भक्तपुर पुगेकी युवतीमा कोरोना

विराटनगर । भक्तपुरमा मंगलबार देखिएका दुई जना कोरोना भाइरस संक्रमितमध्ये २५ वर्षीया महिला सुनसरीबाट मोटरसाइकलमा गएको खुलेको छ ।

तीन दिन अगाडि सुनसरीको भुम्काबाट मोटरसाइकलमा भक्तपुर पुगेकी महिला ‘हेल्थ केयर स्टाफ’ भएको खुलेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

महिलालाई टेकु अस्पताल भर्ना गरिएको छ । संक्रमित महिला सुनसरीबाट आएर मध्यपुर थिमि नगरपालिकाकामा साथीसँग बसेकी थिइन् । संक्रमित महिलाको बसोबास मध्यपुर थिमि भएको बताइएको छ ।

संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको कार्य सुरु भएको र थप विवरण आउन बाँकी रहेको बताइएको छ । मंगलबार भक्तपुरका दुई र काठमाडौंमा एकसहित ८३ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । ३४ जना निको भएका छन् भने तीन जना व्यक्ति पुनः संक्रमण देखिएर अस्पतालमा उपचाररत छन्।

बुधबार, ३१ बैशाख, २०७७, बिहानको ०८:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर