बुहानका एक करोड जनामा कोरोना परीक्षण गर्दै चीन

एजेन्सी । चीन सरकारले वुहानका १ करोड १० लाख जनसंख्यामा १० दिन भित्र कोरोना परीक्षण गर्ने तयारी थालेको छ । कोरोना भाइरसको लक्षण नभेटिएपनि शरीरमा भाइरस भएनभएको पत्ता लगाउन चीनले पुरै शहरको न्यूक्लिक एसिड परीक्षण गर्ने योजना बनाएको हो ।

रोयटर्समा प्रकाशित समचारमा उसले आफूलाई उक्त परीक्षण सम्बन्धी एक आन्तरिक कागजात हात परेको र योजनासँग परिचित दुई श्रोतले जानकारी दिएको उल्लेख गरेको छ ।

ती आन्तरिक कागजात अनुसार शहरका प्रत्येक जिल्लालाई, सम्बन्धित क्षेत्रका लागि विस्तृत परीक्षण योजना मंगलबारसम्म पेश गर्न भनिएको छ । चिनीयाँ अधिकारीहरुले भने यस विषयमा कुनै औपचारिक जानकारी दिएका छैनन् ।

कोरोना भाइरस संक्रमणको उद्गमस्थल वुहानमा यतिबेला लकडाउन पूर्णरुपमाा खोलिएको छ । अप्रिल ८ देखि त्यहाँ लकडाउन खुलेको हो ।

मङ्गलबार, ३० बैशाख, २०७७, बिहानको ०८:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर