चीनद्वारा ४० हजार पीसीआर किट सहयोग

काठमाडौं । कोरोना भाइरसको परीक्षणको लागि किट अभाब रहेको बेला उत्तरी छिमेकी चीाने नेपाल सारकारलाई ४० हजार थाना कोराना परीक्षण गर्ने पीसीआर किट हस्तान्तरण गरेको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकललाई पीसीआर परीक्षण किटसहितका सामग्रीहरु हस्तान्तरण गर्नुभयो ।

चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, २० हजार थान एन ९५ मास्क र ८ लाख थान सर्जिकल मास्क सहयोग गरेको हो ।

शुक्रबार र शनिबार हिमालय एयरलाइन्सको जहाजले ती सामान चीनबाट ल्याएको थियो ।
राजदूत याचीले केही महिना पहिला चीनलाई संकट पर्दा नेपालले सहयोग गरेको र नेपाललाई पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका लागि चीनले अभाव भएको सामग्री उपलब्ध गराएको र असल छिमेकीको उदाहरण बनेको भन्दै चीन सरकारको प्रशंसा गर्नुभयो । चीनले सहयोग गरेका स्वास्थ्य सामग्री तोकिएका अस्पतालहरुमा कोरोना भाइरसको संक्रमण भएका बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले प्रयोग गर्नेछन्

सोमबार, २९ बैशाख, २०७७, दिउँसोको ०३:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर