डा.लेखनाथ न्यौपाने
आज विश्व कोरोना भाइरसको संक्रमणबाट पीडित छ । आजका दिनसम्म कुनैपनि चिकित्सामा यसको औषधी बन्न सकेको छैन भन्ने गरिएको छ । तर, होमियोप्याथिक चिकित्सा विज्ञानमा यसको औषधी छ । मात्र यसको उपयोग गर्नसक्ने या पाउने वातावरण सरकार र सरोकारवाला संघ संस्थाले तयार पार्नुपर्ने देखिन्छ । भाइरसले या ब्याक्टेरियाले जब हाम्रो शरीरमा पस्ने या रोग उत्पन्न गर्ने ठाउँ पाउँछ तबमात्र हामी विरामी हुन्छौं । होमियोप्याथिक औषधीले हाम्रो शरीरलाई मजबुत बनाएर रोगका किटाणु या भाइरस पस्नै दिदैनन् र रोग लाग्नबाट बच्न सकिन्छ । यसको प्रमाण यो भन्दा अगाडि फैलिएका विभिन्न महामारीमा गरिएको परिक्षण र रिजल्टबाट थाहा पाउन सकिन्छ । यो लेखमा होमियोप्याथिक उपचार पद्दति के हो र कसरी काम गर्छ भन्ने बारेमा प्रष्ट्याइएको छ ।
समानले समानको उपचार या समिलिया सिमिलिवस क्युरेन्चर भन्ने सिद्धान्तमा आधारित होमियोप्याथिक एउटा चिकित्सा विज्ञान हो । विश्व स्वास्थ संगठनले सुरक्षित कम खर्चिलो र स्वास्थ मानव शरीरमै औषधीको परिक्षण गरिने यो चिकित्सा विज्ञानलाई सबैभन्दा आधुनिक चिकित्सा विज्ञान भनेर मान्यता दिएको छ । सबै उमेर वर्ग र लिङ्गमा सहजै विनाकुनै कुप्रभाव प्रयोग गर्न सकिने, पुराना भन्दा पुराना रोगहरुको पनि सहजै उपचार गर्न सकिने यो चिकित्सा विज्ञान विश्वका सबै देशमा अपनाइएको छ । त्यसमा पनि दक्षिण एशियाली मुलुकमा सबै भन्दा धेरै अपनाइएको छ । यो चिकित्सा विज्ञानको सबैभन्दा राम्रो पक्ष भनेकै कम खर्चमा विनाकुनै कुप्रभाव, विनाकुनै अप्रेशन रोगीको उपचार गर्नु हो ।
सन् १७९६ मा जर्मनीबाट सुरु भएको होमियोप्याथिक चिकित्सा पद्दति संसारका सबै देशमा फैलिएको छ । सुरक्षित चिकित्सा पद्दतिका रुपमा फैलिनु यो चिकित्सा विज्ञानको राम्रो पक्ष हो । यो चिकित्सा विज्ञानमा रोगका कारण ब्याक्टेरिया, भाइरस, फंगस या कुनै परजिवी मात्र मानिदैन । रोगको मुख्य कारण भनेको त हाम्रो शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताको कमी हुनु हो । शरीरले आफै रोगसँग लड्ने क्षमता राख्छ । विरामी भए पनि केहि दिनमा आफै ठिक हुन्छ । यो प्राकृतिक शतिmलाई होमियोप्याथिक सिद्धान्तमा भाइटल फोर्स, जीवनी शक्ति, इम्युनिटी भनिएको छ । यही जीवनी शक्तिमा विभिन्न बाहिरी या भित्री कारण र शारीरिक असन्तुलनका कारण कमी हुन गएमा रोग लाग्ने या मानिस विरामी पर्ने गर्दछ । माथि भनिएको असन्तुलन या विचलित भएको जीवनी शक्तिलाई होमियाप्याथिक सुक्ष्म औषधीको सेवनबाट ठीक ठाउँमा ल्याउन सकिन्छ । र रोगी निको हुन्छ भन्ने मान्यता रहेको छ । जसरी हाम्रो शरीरलाई भौतिक रुपमा मात्र देख्नसक्छांै । तर, विचार इच्छा भावना अनि जीवनी शक्तिलाई देख्न सक्तैनौं त्यसरी नै होमीयोप्याथिक औषधीलाई पनि हामी एलोप्याथिक या आर्यूवैदिक औषधीको जस्तो देख्न सक्तैनांै ।
हामीले खाने होमियोप्याथिक औषधीका थोपा या साना सेता गोली औषधीको अदृश्य शक्तिलाई हाम्रो मुखसम्म पु¥याउने माध्यम मात्र हुन् । औषधी त यति सुक्ष्म रुपमा हुन्छ कि तिनै थोपा या गोलीमा समाहित भइसकेका हुन्छन । र तिनै समाहित गोली या थोपाका माध्यमबाट औषधीको अदृष्य शक्ति हाम्रो शरीरमा प्रवेश गर्छ । त्यो अदृष्य शक्ति यति शक्तिशाली हुन्छ कि हाम्रो शरीरमा भएका या लागेका रोगका लक्षण र चिन्ह हराएर जान्छन र हामी स्वस्थ हुन्छांैं । यसमा शरीरमा भएका रोगका लक्षण र चिन्हका आधारमा उस्तै लक्षण र चिन्ह भएको औषधीको प्रयोग गरिएको हुन्छ । समानले समानलाई नास गर्छ भन्ने सिदान्त अनुसार औषधीको उच्च शक्तिले कमजोर शक्ति भएको हाम्रो रोगका लक्षणहरुलाई जीवनी शक्तिको सहयोगले हटाउने(रिपेल) गर्ने काम गर्छ र मानिस स्वस्थ हुन्छ ।
प्रश्न के उठ्छ भने, आखिरी त्यो अदृश्य शक्ति जसलाई होमियोप्याथिक औषधी भनिन्छ के हो र कसरी बनाइन्छ ? औषधी हाम्रै वातावरणमा, हाम्रै वरपर पाइने वनस्पती, रसायन, विभिन्न जनावरका विष, स्वास्थ व्याक्तिका शरिरबाट निस्कने रस आदिबाट बनाइन्छ । माथि भनिएका स्रोतहरुबाट तिनीहरुमा रहेको औषधीय तत्वलाई मात्र छान्ने काम गरिन्छ । यो प्रक्रियालाई डाइनामाइजेसन या पोटेन्टाइजेसन भनिन्छ । यसमा औषधीय गुण भएका वस्तुको आवश्यक मात्रामा अल्कोहलमा मिसाएर रस तयार गरिन्छ । त्यो रसलाई मदर टिन्चर भनिन्छ । तयार पारिएको मदर टिन्चरलाई पनि एक भाग मदर टिन्चर र ९९ भाग अल्कोहल मिसाएर नियम अनुसार तलमाथि गरेर हल्लाइन्छ । पुनः एक भाग हल्लाएको अल्ल्कोहल र ९९ भाग शुद्ध अल्कोहल मिसाएर हल्लाइन्छ । यस प्रकार कयांै पटक यही प्रक्रिया दोहो¥याएपछि औषधीको शक्ति ३०, २००, १००० आदि हुँदै जान्छ । यसलाई साधारण भाषामा एम्जी जसरी बुझन सकिन्छ । फरक यति हो की एलोप्याथिकमा कच्चा औषधीको मात्रा धेरै भएमा धेरै एम्जी भनिन्छ भने होमियोप्याथिकमा त्यही कच्चा औषधीको निको पार्ने शतिmको सबै भन्दा सुक्ष्म मात्रालाई धेरै एम्जी भनिन्छ जस्तै २००, १०००, १००००० या लाख पावर । यसको उदाहरणमा, हामी अणुलाई जसरी सुुक्ष्म रुपमा टुक्राएर अधिक शक्तिशाली बम या अन्य अस्त्र बनाउन सक्छौ त्यसरी नै होमियोप्याथिक औषधी पनि बनेका हुन्छन् । र, यी अदृश्य शक्तिमा अझधेरै शक्ति रहेको हुन्छ । हाम्रो शरीरमा रहेका रोगका कारण हटाउन सक्ने क्षमता हुन्छ र रोगी त्यो रोगबाट सधैका लागि मुक्त हुन्छ ।
अर्को प्रश्न उठ्छ सक्छ, कसरी होमियोप्याथिक औषधीले काम गर्छ ? माथि भनिए झंै हाम्रो शरीर विभिन्न दृष्य अदृश्य शक्तिहरुको संयोजनबाट बनिएको हुन्छ । विभिन्न प्रकारका हर्मोनहरुको सहकार्यबाट चलेको हुन्छ । यी धेरै अदृश्य नै हुन्छन् अथवा नाङ्गो आँखाले देख्न सकिदैन । यस्तो जटिल संरचना भएको शरीरमा विभिन्न प्रकारका किटाणु या विषाणुको प्रवेश या अन्य प्रतिकुल कारणहरुबाट शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ या विभिन्न्न कारणले उक्त शक्ति कमजोर हुनपुगेपछि रोग लाग्छ । परिणाम विभिन्न प्रकारका लक्षण र चिन्हहरु हाम्रो शरीरमा देखा पर्न थाल्छन् । त्यस्तो अवस्थालाई हामी विरामी भएको मान्दछौ । विभिन्न प्रकारका लक्षण र चिन्हहरुको आधारमा उस्तै लक्षण र चिन्हहरु भएका होमियोप्याथिक औषधिको क्रमशः रोगी या विरामी व्याक्तिमा सुक्ष्म मात्रामा प्रयोग गर्दा शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमता पुनः बढ्न पुग्छ र रोगका किटाणु या अन्य विरामी पैदा गर्ने शक्ति शरीरमा रहिरहन सक्दैन । र हामी विस्तारै स्वस्थ हुन्छौं । यो प्रक्रियामा औषधीको चयन गर्दा विरामीका रोगका लक्षणसँगै विरामी व्यक्तिका स्वभाव, इच्छा, विचार, भोक, तिर्खा, निन्द्रा, डर आदिको पनि समानता राखिने हुँदा र सुक्ष्म मात्रमा औषधीको प्रयोग गरिने हुँदा औषधीको कुप्रभाव नगण्य मात्र हुन्छ र औषधीले विरामी व्याक्ति कमजोर हुँदैन । र रोग पनि पुनः बल्जिने सम्भावना न्यून मत्रामा हुन्छ ।
होमियोप्याथिक सिद्धान्तमा रोगका कारण ब्याक्टेरिया भाइरस मात्र नभएर सोरा, सिफिलिस र साइकोसिसलाई मुख्य कारण मानिन्छ । यी कारणहरुबाटै हाम्रो शरीरमा रोग लाग्छ । त्यसमा पनि सोरा अथवा(इचिङ) भनेको सबै रोगको जननी (सोरा इज द मदर अफ अल क्रोनिक डिजिजेज) हो । रोग भनेको हाम्रो सोचाई, देखाई र भोगाइबाट नै सुरु हुन्छ । हाम्रो विचार स्वच्छ भए रोग कम लाग्ने कुरा विभिन्न अनुसन्धानले देखाएको छ । जब हाम्रो सोच र व्यवहारमा खराव भावना आउन थाल्छ त्यो नै रोगको जरो हो । त्यसले शरीरको कुनै न कुनै अंगमा चिलाउने या अन्य साधारण समस्याको सुरुवात हुन्छ । जसलाई इचिङ भनिन्छ र यो नै प्रायः सबै रोगको जरो हो । यसले शरीरिमा मात्र इचिङ ल्याउदैन, विचारमा पनि इचिङ ल्याउछ र जसले हामीलाई यौन उत्तेजना बढाउने र असुरक्षित यौन क्रियाकलापतर्फ ध्यान मोड्ने गर्छ । जसले हामी यौनरोगी हुनपुग्छौं । धेरै पैसा कमाउने होडमा हामी राम्रा नराम्रा काम गर्नुका साँथै खाना पनि धेरै र अस्वस्थकर खाने गर्छौ । साथमा रक्सी अनि चुरोट पनि चल्छ ।
मनमा शान्ति नभएपछि शान्ति पाउन परस्त्री गमनदेखि अन्य कुराहरुमा शरीर सामेल हुनथाल्छ । आरामको कमी र व्यामको कमीका कारण मधुमेह, मुटु सम्बन्धी रोग, मृगौला, दम, क्यान्सर, मानसिक रोगहरुको विकास हुनपुग्छ । यस्ता रोगलाई या रोगीलाई होमियोप्याथिक सिद्धान्तमा साइकोसिस भनिन्छ । आजको समयमा एउटै मानिसमा सोरा अथवा मनमा अनेक प्रकारका सोच जसका कारण विषेषता छाला रोग, ग्याष्ट्रिक, मानसिक रोग यसरी नै सिफिलिस अथवा यौन रोग र अन्त्यमा साइकोसिस आप्mनै कारण उत्पन्न भएका नसर्ने रोगहरु देखा पर्छन् । त्यसैले यस्ता रोगीलाई होमियोप्याथिकमा कम्पेक्स डिजिज भनिन्छ । र धेरै मानिसहरु यस्तै रोगहरुको मुस्लो बोकेर बाँची रहेका हुन्छन् । यस्ता प्रकारका रोगीलाई यो चिकित्सा पद्दतिमा उपचार गर्दा केहि लामो समय लाग्ने गर्छ । विरामीले धैर्यताका साथमा चिकित्सकको निर्देशनमा होमियोप्याथिक औषधी सेवन गरेमा धेरै रोगबाट मुक्त हुन सकिन्छ ।
अन्त्यमा होमियोप्याथिक उपचार पद्दतीको विकास गर्ने या यस सिद्धानतका जन्मदाता विख्यात एलोप्याथिक डा.सेमुयल क्रिस्चियन फेड्रिक हेनिमैन हुन् । उनी जर्मन राजपरिवारका चिकित्सक थिए । उनैले हालको सबैभन्दा धेरै उपयोगमा आउने चिकित्सा विज्ञानको नाम एलोयाप्थिक दिएका हुन् । पटक पटक एउटै रोग बल्जी रहने कारणबाट उनी विछिप्त भए । एलोप्याथिक चिकित्सा छाडेर नयाँ खोजको क्रममा यो विज्ञानको आविस्कार गरेका हुन् । एउटा पुरानो पुस्तक (कुलैन मेटेरिया मेडिका)मा लेखिएको ‘समानले समानको उपचार सम्भव छ’ भन्ने सिद्धान्त पाए । यस कुराको पुष्टि गर्न उसै पुस्तकमा लेखिएको सिन्कोना वार्कको बोक्राको रस सर्वप्रथम आफैमा परिक्षण गरेर सुरु गरेका थिए । सिन्कोना बार्क भन्ने रुखको बोक्राको सुक्ष्म रसको सेवनबाट औलोको जस्तो कामज्वरो आउछ र त्यसैको अति सुक्ष्म मात्राको सेवनबाट उक्त ज्वरो निको हुन्छ भन्ने कुरा पनि उक्त पुस्तकमा लेखिएको थियो ।
परिक्षणमा यो र अन्य धेरै औषधीय स्रोत भएका वस्तुको परिक्षण आफैमा र साथीहरुमा गरियो । सिद्धान्त अनुसार सबै त्यसै हुँदैगयो । यो प्रक्रियालाई प्रुभिङ भनियो । निरोगी व्यक्तिमा औषधीयुक्त वस्तुको सुक्ष्म मात्रामा प्रुभिङ गर्दा देखिएका लक्षण र चिन्हका आधारमा औषधी तयार गर्न थालियो । यसरी आजसम्म पनि स्वास्थ मानिसमा औषधीको परिक्षण(प्रुभिङ) गर्ने एकमात्र होमियोप्याथिक उपचार पद्दतिको विकास भएको हो । यसरी सन् १७९६ मा होमियोप्याथिकको जन्म भएको हो । र यही सिद्धान्तलाई सदुपयोग गर्दै आज विभिन्न प्रकारका खोपहरुको विकाष भएको हो । विडम्बना नै भन्नुपर्छ, यस्तो मनव उपयागी चिकित्सा विज्ञानको नेपालमा एउटा पनि मेडिकल कलेज छैन भने एक मात्र राजा त्रिभुवनबाट स्थापना गरिएको होमियोप्याथिक अस्पताल जुन आफै विरामी अवस्थामा रहेको छ । तर, छिमेकी देश भारतमा १४५ भन्दा वढी होमियोप्याथिक मेडिकल कलेज संचालनमा छन् । र, १ लाखको हाराहरीमा सरकारी होमियोप्याथिक डाक्टर कार्यरत छन् ।
हालमात्र नेपाल सरकारले होमियोप्याथिक चिकित्सालाई स्थान दिन लागेको छ । यो स्वागतयोग्य छ । र आजको यो भयावह अवस्थामा यस विज्ञानको सक्दो उपयोग गरोस् भन्ने चाहन्छु ।
(लेखक रीता होमियो क्लिनिक सेन्टर दमकका सञ्चालक हुन्)
मलाई र्युमेटाइड अर्थराइटिस भाछ। के होमियोप्याथिक उपचार पद्धतिमा यस्को उपचार छ क्योर हुन्छ ?