सांसद अपहरणको उजुरी दर्ता

काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले जनता समाजवादी पार्टीका सांसद डा( सुरेन्द्र यादवले दिएको अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरको उजुरी दर्ता गरेको छ ।

यसअघि दर्ता नगरी फिर्ता गरिएको नेकपामा सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको उजुरी सोमबार दर्ता भएको हो ।

सोमबार दिउँसो उजुरी दर्ता भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जनाएको छ । अब सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गरी थप प्रक्रिया अगाडि बढाउन प्रहरीसमक्ष पठाउनेछ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ । उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनुपर्ने व्यवस्था छ ।

यसअघि सो उजुरी दर्ता गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंले अस्वीकार गरेवछि वैशाख १६ गते सरकारी वकिलको कार्यालय पुगेका उजुरी पुगेको थियो । तर, सो दिन सरकारी वकिल कार्यालयले उजुरी लिन नमानेको बेला सा‌ंसद यादवले राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी दिएपपछि सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गरेको हो ।

सोमबार नै यादव अपहरणको आरोप लागेका तीनै जनाले आफ्नो बद्नामी भएको र मानव अधिकार हनन् भएको भन्दै राष्ट्रिय मानबअधिकार आयोगमा निवेदन दिएका छन् ।

सोमबार, २२ बैशाख, २०७७, दिउँसोको ०४:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर