पश्चिम बंगालमा संक्रमण बढ्दै, पूर्वी नेपालमा उच्च सतर्कता जरुरी

 

विराटनगर । भारतको पश्चिम बंगालमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । पूर्वी नेपालसँग सिमाना जोडिएको भारतको पश्चिम बंगालमा भाइरसका बिरामी बढ्दै जाँदा पूर्वी नेपाल जोखिममा पर्ने सम्भावना बढ्दै गएको छ ।

पश्चिम बंगालमा ९२२ जना संक्रमित भएका छन् भने ३३ जनाको मृत्यु भइसकेको छ । नेपाल सरकारले भारतसँगको सबै सीमानाका बन्द गरेर आवतजावतमा रोक लगाएको भएपनि लुकिछिपी नेपाल प्रवेश गर्ने, चोरी तस्करी गर्ने क्रम अहिले पनि रोकिएको छैन । जसले गर्दा उच्च जोखिम भएका छिमेकी भारतका सीमावर्ति राज्यहरुबाट आउने सवारीसाधन आवतजावतमा थप नियमन र निगरानी बढाउन आवश्यक रहेको सीमावर्ति क्षेत्रका स्थानीयहरुले बताएका छन् । उनहरुले सरकारलाई थप सतर्कता अपनाउन भनिरहेका छन् ।

यसैबीच भारतको राजधानी नयाँ दिल्लीमा प्रतिघण्टा १७ जनामा कोरोना भाइरस संक्रमण हुन थालेको छ ।

केही दिनदेखि भारतमा संक्रमितको संख्या बढ्दै गएको छ र अहिले दिल्लीमा संक्रमणको दर बढेको छ । अहिलेसम्म दिल्लीमा ४ हजार ५४९ जना संक्रमित भेटिएका छन् ।

बितेको २४ घण्टामा भारतको दिल्लीमा ४२७ जना नयाँ संक्रमितको पहिचान भएको छ । यस आधारमा प्रतिघण्टा १७ जनाका दरले भाइरस फैलिरहेको आंकडा प्रस्तुत गर्दै भारतका विभिन्न सञ्चारमाध्यमहरुले समाचारहरु बनाएका छन् । गएको २४ घण्टाको अवधिमा दिल्लीमा १७ जनाको मृत्यु भाइरसकै कारण भएको छ ।

दिल्लीमा भाइरस संक्रमण बढेपनि भारतका अन्य राज्यको तुलनामा दिल्ली कम प्रभावित छ । भारतको महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य हो जहाँ १२ हजार ३ सय भन्दा बढी मानिस भाइरसबाट संक्रमित भएका छन् र ५२१ जनाको मृत्यु भएको छ । महाराष्ट्रपछि गुजरात र दिल्ली प्रभाजित राज्य हुन् । गुजरातमा ५ हजार बढी र दिल्लीमा ४५ सय बढी मानिसम संक्रमित भएका छन् ।

नेपालसँग सिमाना जोडिएका पश्चिमबंगाल, बिहार र उत्तरप्रदेश राज्यहरुमध्ये उत्तरप्रदेश राज्य हो । उत्तरप्रदेशमा २६ सय २६ व्यक्ति संक्रमित भएका छन् भने ४३ जनाको मृत्यु भएको छ । त्यसपछिको बढी प्रभावित सीमावर्ति राज्य पश्चिमबंगाल हो । यस्तै बिहारमा ४८२ जना संक्रमित छन् र चार जनाको मृत्यु भएको छ ।

सोमबार, २२ बैशाख, २०७७, बिहानको ०८:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर