दश दिनमा ११ को मृत्यु, कारण खुलेन

महोत्तरी । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा दश दिनयता अज्ञात रोगका कारण ११ जनाको मृत्यु भएको छ ।

मृत्युको कारण भने खुल्न सकेको छैन। कोरोना भाइरसको महामारीको समयमा शनिबार राति २ बजेतिर भंगहा नगरपालिका ६ जमुनियाँका पल्ट साहको मृत्यु भएसँगै रहस्यमय तरिकाले मृत्यु हुनेको संख्या ११ पुगेको हो।

गाउँमा धमाधम मानिसहरुको मृत्यु भएपछि स्थानीयहरु त्रसित भएका छन् भने गाउँ शोकमा डुबेको छ। दैनिक मजदुरी गरेर गुजारा चलाउने उनीहरुको के कारणले मृत्यु भयो भन्ने यकिन हुन सकेको छैन् । मृत्यु भएकाहरुमा अचानक पेट दुख्ने, श्वास लिन ग्राहो हुने, बान्ता र झाडापखाला लाग्ने लक्षण देखा परेको छ।

मृत्यु हुनेमा बर्दिवास–१२ का ४, भङ्गाहा–७ का ६ र भङ्गाहा–६ का एक रहेका छन् । तीनै वडाका बस्ती एकअर्कासँग जोडिएका छन् । घरेलु मदिराको सेवनले ती स्थानीयको मृत्यु हुनसक्ने प्रारम्भिक अनुमान गरिएको भएपनि यकिन भइसकेको छैन । तर, मदिरा नपिएकाहरुको पनि ज्यान गएकोले अरु कुनै रोगको संक्रमण भएको हुनसक्ने स्थानीयको भनाइ छ ।

बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले मृत्युको कारण शव परीक्षणपछि स्पष्ट हुने बताउनुभयो । पहिले मृत्यु भएकाहरुको कुनै परीक्षणविना दाहसंस्कार गरिएको भएपनि पछिल्लो पटक मृत्यु हुनेहरुको परीक्षण गरिएकोले मृत्युको कारण खुल्ने उहाँको भनाइ छ ।

लगातार स्थानीयको मृत्यु हुन थालेपछि स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट चिकित्सकको टोली महोत्तरी आएको छ । शिक्षामन्त्रप्त्री गिरिराजमणी पोखरेलको अगुवाईमा डा.अमृत पोखरेल र विश्व स्वास्थ्य सङ्गठनका डा.सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली बस्तीमा हो।

मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव महराको शव परीक्षण गरिएकोले रिपोर्ट आएपछि मृत्युको कारणबारे यकिन हुने प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । मृतकमध्ये दुई जनाको कोभिड–१९ सङ्क्रमण यकिन गर्न स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।

थारु, मुसहर, चमार, बाँतरसहितका जनजाति र दलित समुदायको सघन बसोबास रहेका बस्तीमा एक साता पहिले प्रहरीले १६ हजार लिटरभन्दा बढी मदिरा बनाउने कच्चा पदार्थ र चारवटा भट्टी नष्ट गरेको थियो ।

शनिबार, २० बैशाख, २०७७, साँझको ०६:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर