विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक साढें ५ बजेकालागि सरेको छ । अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक करिव डेढ घण्टा पछी बस्ने बताइएको छ ।
प्रधानमन्त्री ओलीले बैठक अघि आफू निकट नेताहरुसँग विभिन्न ढंगले परामर्श गर्नुपर्दा बैठक केही ढिलो हुन लागेको हो ।
आज बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीको राजिनामा माग्दै आएका अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल गठबन्धन समूहले यस अघिको बैठकमा बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव कार्यान्वयन गर्न र बैठकमै राजिनामा दिएर माग प्रशस्त गर्न दवाव दिने तयारी गरेका छन् ।
नयाँ प्रधानमन्त्रीको रुपमा पार्टीमा प्रस्तावित नेकपाका उपाध्यक्ष गौतम स्वयं भने पछिल्लो समय प्रधानमन्त्रीले राजिनामा गरिरहनु नपर्ने भन्दै उधारो सम्झौता गर्ने पक्षमा पुगेको पनि केही सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रधानमन्त्री ओलीले आफूखसी निर्णय गर्दै गएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुले तत्काल स्थायी समिति बैठक बोलाउन यस अघिको बैठकमा प्रस्ताव गरेका थिए । प्रधानमन्त्री ओली र उहाँ पक्षका नेताहरु भने स्थायी समिति बैठक अहिले जरुरी नभएको बताउँदै आएको छ ।