भारतमा दुई हप्ता लकडाउन थपियो

काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ ।

शुक्रबार भारतको गृह मन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो ।

लकडाउनको यो अवधिमा मुलुकको रेड जोनमा रहेका १ सय ३० जिल्लामा कडाई गरिनेछ । अरेन्ज जोन र ग्रीन जोनमा रहेका जिल्लाहरुलाई भने केही छुट दिइनेछ ।

दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुरजस्ता क्षेत्र रेड जोन मा छन्। साथै उत्तर प्रदेशको १९ जिल्लालाई पनि रेड जोन घोषणा गरिएको छ । २८४ अरेन्ज जोनमा परेका जिल्लामा छुट्याइएको ‘हटस्पट’ बाहिरको क्षेत्रमा लकडाउनमा केही छूट हुनेछ । भारतले कोरोनाभाइरस फैलन नदिन गत मार्च २४ मा देशव्यापी लकडाउन सुरु गरेको थियो।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ ३५ हजार भन्दा बढीमा नोवल कोरोना भाइरस संक्रमण देखिएको छ । उनीहरू मध्ये ९ हजार जना निको भइसकेका छन् भने १ हजार १५२ जनाको ज्यान गएको छ ।

शुक्रबार, १९ बैशाख, २०७७, साँझको ०७:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर