राहतलाई उत्पादनसँग जोड्नु पर्छ : मन्त्री आङ्बो

पाँचथर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले राहतलाई उत्पादनसँग जोड्ने गरी सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ । पाँचथरको  फिदिममा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री आङ्बोले सामाजिक दुरी कायम गरेर तथा स्वास्थ्य सम्वन्धी निर्देशिकाहरुले तय गरेको मापदण्ड अनुसारका योजनाहरु सञ्चालन गर्दै अगाडि बढ्नु पर्ने बताउनुभएको हो ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लामो समय लकडाउन गर्नु पर्दा खाद्यान्न तथा आर्थिक क्षेत्रमा समस्याहरु देखापर्नसक्ने तर्फ सरकारले ध्यान दिएको मन्त्री आङ्बोले बतानुभयो । उहाँले देशमा खाद्य सङ्कट हुन नदिनकालागी उत्पादनमा जोड दिने गरी सरकारले योजना बनाइरहेको जानकारी दिनुभयो । उहाँले स्थानीय तहसँग समन्वय गरेर किसानलाई, बल, बीउ, उत्पादन भण्डारण तथा बजारीकरणमा सरकारले सहजिकरण गर्ने बताउनुभयो ।

पहिलो चरणमा स्थानीय सरकारले मजदुर तथा न्यून आय भएका मजदुरलाई राहत स्वरुप केही परिमाणमा खाद्यान्न उपलव्ध गराएको र लकडाउन लम्बिदै गए दोश्रो चरणको राहत उपलव्ध गराउन सकिने उहाँले बताउनुभयो । आवश्यकताका आधारमा स्थानीय तहहरुले जुनसुकै स्रोततबाट रकम खर्च गरेपछि प्रदेश र संघीय सरकारले शोधर्ना गर्ने जानकारी उहाँले दिनुभएको छ ।

वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स घटेको र त्यसले मानिसहरुको क्रय क्षमता घट्न थालेको भन्दै उहाँले कृषि क्षेत्रको व्यवसायिकताको माध्यमबाट नयाँ रोजगारीको खोजी गर्नुपर्नेमा जोडदिनुभयो । प्रदेश सरकारले आगामी वर्षको बजेटमा कृषिलाई प्राथमिकतामा राख्ने जानकारी दिनुभयो । त्यस बाहेक प्रदेश सरकारले कुनै पनि कृषि गर्ने चाहाने श्रमिकलाई स्थानीय सरकार सङ समन्वय गरेर सस्तो ब्याजमा ऋण उपलब्ध गराउन तथा अनुदान दिन तयार रहेको समेत बताउनुभयो ।

बर्तमन अबस्थामा कृषिमा बजारीकरणको समस्या देखिएको भन्दै सरकारले त्यसलाई व्यवस्थित बनाउने काम सुरु गरिसकेको जानकारी दिनुभयो । कृषिमा श्रोत र साथन सिमित रहेकोले त्यसमा सुधार ल्याउन सरकारले ध्यान दिइरहेको भन्दै मन्त्री आङ्बोले किसानहरुलार्इृ अहिले नै निराश नहुन आग्रह गर्नुभयो ।

शुक्रबार, १९ बैशाख, २०७७, बिहानको ११:५५ बजे

प्रतिक्रिया

  1. अत्यन्तै प्रसंसाजनक बिचार यसले कृषिमा जनताकाे अाकर्षण बृद्वि हुने र स्थानिय उत्पादनकाे पनि बढ्ने हुंदा कृषि क्षेत्रकाे अाम्दानिले कृषकहरुकाे पनि स्तरउन्नति हुने भएकाले यसमा हामिले देखेकाे समाबादकाे बाटाे लाई सहज तुल्याउंछ यसलाई कार्यन्वयन गराैं।

प्रतिक्रिया:

सम्बन्धित खवर