चार बालबालिकाको निधनप्रति मन्त्री पुनद्वारा दुःख व्यक्त

विराटनगर । उर्जा, जलस्रोत तथा सिचाईमन्त्री वर्षमान पुन अनन्तले बिहीबार बम विष्फोटमा परी बिहीबार रोलपामा चार जना बालबालिकाको निधन भएकोमा दुःख व्यक्त गर्नुभएको छ ।

दुःखद घटनाबाट आफ्ना परिवारका प्रिय सदस्य गुमाउनु पर्दा मर्माहत भएका सबै शोकाकुल परिवारमा मन्त्री पुनले समवेदना प्रकट गर्नुभएको छ ।

वैशाख १८ गते साँझ रोल्पाको त्रिवेणी गाउँपालिका –४ गौरीगाउँ, मैतिगातिनामा बाख्रा चराउन गएका बालबालिकाहरुले बेवारिसे अवस्थामा भेटाएको बम खेलाउँदा विष्पोट भएको थियो ।
सो घटनामा त्रिवेणी–७ का १४ वर्षे लोकिराम डाँगी, ११ वर्षे बिमला खत्री, ५ वर्षे विजय खत्री र १३ वर्षे गौरव नेपालीको निधन भएको थियो ।

शुक्रबार, १९ बैशाख, २०७७, बिहानको ११:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर