चीनसँग डराए ट्रम्पः भन्छन्, ‘चीनले मलाई राष्ट्रपतिमा रोक्न लाग्यो’

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले आफूलाई दोस्रो पटक राष्ट्रपति हुनबाट रोक्न चीनले जे पनि गर्नसक्ने आरोप लगाएका छन् ।

समाचार एजेन्सी रोयटर्सलाई बुधबार एक अन्तरवार्ता दिँदै ट्रम्पले चीन कोरोना भाइरसको माहामारीको जसरी हेन्डल गरिरहेको छ, त्यसले आफूलाई फेरि राष्ट्रपति बन्न नदिने खालको रहेको सबुद भएको दाबी पनि गरे । ‘नोभेम्बरमा हुने निर्वाचनमा मलाई रोक्न चीनले जे पनि गर्नेछ,’ ट्रम्पले भनेका छन् ।

ट्रम्पले कोरोना भाइररसको विश्व माहामारीको जिम्मेवार चीन भएको भन्दै लगातार आरोप लगाउँदै आएका छन् । अमेरिकामा यो भाइरसबाट आजसम्म ६० हजार बढी मानिसको मृत्यु भएको छ । यसका साथै अमेरिकी अर्थतन्त्र प्रभावित भएको छ भने बेरोजगारीको संख्या ऐतिहासिक रुपले बढेको छ ।

अन्तरवार्ताका क्रममा ट्रम्पले भनेका छन् कि कोरोना भाइरसलाई लिएर चीन अरु सक्रिय हुनुपर्दथ्यो । ता कि संसारमा यसको गम्भिरता छिटो बुझ्दथे ।

‘म देखिरहेको छु कि के हुन्छ, चिनिया अधिकारी लगातार आफ्नो छवि सुधार्न कोसिस गरिरहेको छ । यो यस मामिालामा विल्कुल निर्दोष छ, उ यसका लिए मानिसहरुको साहारा लिइरहेको छ । चीन मलाई रोक्नका लागि जे पनि गर्छ ता कि म राष्ट्रपतिको दौडमा पछि परौं । चीन चाहन्छ कि डेमोक्रेटिक पार्टीको जो बाइडन राष्ट्रपति बनुन् ।’

हालका दिनमा कोरोना भाइरसको माहामारीलाई लिएर अमेरिका र चीनमा वाकयुद्ध बढिरहेको छ । यसभन्दा अगाडि ट्रम्पले कोरोना भाइरसलाई चिनिया भाइरस भन्दथे । चीनले यसलाई लिएर आपत्ती जनाएको थियो ।

– बिबिसी हिन्दी

बिहिबार, १८ बैशाख, २०७७, बिहानको ०९:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर