थप तीन जनामा कोरोना, संक्रमित ५७ पुगे

काठमाडौं । नेपालमा बुधबार एकै दिन तीन जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका २ जना र बीरगञ्जका एक जनामा संक्रमण पुष्टि भएको हो।

तीनै जना यसअघि वीरगन्ज १६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए। गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। तीमध्ये एकजना महानगरका सफाई गर्ने कर्मचारी हुन्।

उनीहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको खोजी गरेर ९४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्येतीन जनाको रिपोर्ट पोजेभिट आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी भइरहेको बताइएको छ । रौतहटका दुईजना संक्रमितको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। जसमा १६ जना निको भएर घर फर्किएकमा छन् ।

बुधबार, १७ बैशाख, २०७७, बिहानको ११:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर