अनर्गल प्रचार गर्नेलाई कारबाही गर्न माग

विराटनगर । प्रदेशमा रहेका मदरसा र मस्जितहरुको अनुगमन र नियमन गरि त्यहाँ बस्दै आएका जमातीहरुलाई क्वारेन्टाइनमा राख्न प्रशासनलाई सहयोग गर्ने प्रदेश एकका मुस्लिम अगुवाहरुले बताएका छन् ।

मदरसा र मस्जिदहरुमा कोरोना संत्रमितहरुलाई लुकाइएको र कोरोना संक्रमण फैलाउन मुस्लिम समुदाय लागेको निराधर हल्ला चलाएको भन्दै मुस्लिम अगुवाहरुले यस्तो हल्ला फिजाउनेलाई कारवाही गर्न समेत माग गरेका छन् ।

संवाद समुह मोरंगले आयोजना गरेको भिडियो संवादमा बोल्दै प्रदेश एकका मुस्लिम अगुवाहरुले कोरोना रोकथाम र नियन्त्रण र उपचारका लागि सरकारले लागू गरेको नियम र निर्देशन पूर्ण रुपमा पालना गर्ने उनीहरुले बताए ।

अगुवाहरुले समुदाय सम्म सरकराले गरेको निती र निर्देशन पुर्याएर कार्यान्वयन गराउने प्रतिवद्धता जनाए । नेपाल मुस्लिम संगठनका केन्द्रीय सदस्य तथा प्रदेश सह ईन्चार्ज फिरोज खानले मुस्लिम समुदायमा अहिले पनि डर र त्रासको अवस्था रहेकाले उनीहरुको स्वास्थ्य जाँच गराउन, क्वारेन्टाइनमा बसाउन जनप्रतिनिधिसँगको सहकार्यमा प्रशासनलाई सहयोग गर्ने बताउनु भयो ।

‘अहिले पनि हाम्रो समुदाय असुरक्षित छ उनीहरुसम्म कोरोना शिक्षा लागू गराउन लागि परेका छौं,’ उहाँले भन्नुभयो । उहाँले कोरोना संकटका बेला मस्जिदमा सामूहिक नवाज पढ्ने कामलाई निरुत्साहित गर्दै घरमै नवाज पढ्न लगाउने बताउनु भयो ।

संवादमा बोल्दै नेपाल मुस्लिम संघका प्रदेश अध्यक्ष हाजी इश्राइल मन्सुरीले मदरसा र मस्जिदहरुको अनुगमन गर्न सुरु भइसकेको र आफुहरुले सहयोग गरिरहेको बताउनु भयो ।

‘कोरोनाले कुनै जाती र धर्म भनेर छुट दिँदैन त्यसैले हामी आफै सचेत भइ सरकारसँग सहकार्य गरिरहेका छाूंै,’ उहाँले भन्नुभयो । कोरोना संक्रमणसँग जोडेर मुस्लिम समुदायको बद्नाम गर्नेहरुलाई कारवाही गर्न उहाँले माग गर्नुभयो । ‘कोरोना भाइरसले कुनै धर्म र जातीलाई मात्रै असर गर्दैन, कोरोनाको नाममा धार्मिक र समाजिक सहिष्णुता खल्बल्यान खोजिएको छ यो काम तत्काल बन्द होस् ।’

नेकपाका नेता वसिम आलामले कोरोना संक्रमण देखिएका १३ जना संक्रमितहरु घुमेको, हिँडेको तथा सम्पर्क भएको ठाउँहरुमा परीक्षणको लागि सरकारसँग समन्वय गर्ने बताउनु भयो । ‘उनीहरुसँग सम्पर्क भएकहरुको परीक्षण गर्न सरकारसँग माग गर्दै आवश्यक सहयोग हामी पनि गर्छौं,’ उहाँले भन्नुभयो ।

कोरोनाको महामारीको बिचमा कोहीपनि ब्यक्ति वा समुदायले जातीय वा धार्मिक रंग दिन खोज्छ भने त्यस्ता ब्यक्तिलाई राज्यले तत्काल कार्वाही गर्नु पर्ने राजापा नेपाल मोरंगका संयोजक मोहम्बद कादिरले बताउनु भयो । ‘कोरोना भाईरसका बिरुद्धमा लड्न सबै समुदाय एकजुट भएर लागौँ,’ उहाँले भन्नुभयो ।

अञ्जुमन स्लामिया जामे मस्जीद समितिका सचिव ताविर कुरेसीयाले जमातीहरु धर्म प्रचारमा हिडेको र यो बर्षौदेखि चल्दै आएको नियम भएको बताउनु भयो । ‘जमाती अहिले मात्रै हिंडेका होइनन् पहिले पनि हिडेका थिए,’ उहाँले भन्नुभयो, ‘लकडाउनका कारण फसेपछि उनीहरु विभिन्न मदरसा र मस्जिदहरुमा अड्किएका छन् ।’ उहाँले कोरोना फैलाउन भन्दा असल काम र असल बाटमो हिंड्न धर्मका माध्यमबाट सचेतना फैलाउन उनीहरु हिंडिरहेको बताउनु भयो ।

मङ्गलबार, ०९ बैशाख, २०७७, बिहानको १०:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर