लकडाउनमा गुड्ने सवारी साधन फिर्ता नहुने

लकडाउन तोड्ने सवारी साधन लकडाउनभर प्रहरीकै नियन्त्रणमा रहने

लकडाउन तोड्ने सवारी साधन लकडाउनभर प्रहरीकै नियन्त्रणमा रहने

विराटनगर । लकडाउनको उल्लंघन गर्दै सञ्चालन गरिएका सवारी साधन अब प्रहरीले तत्काल फिर्ता नदिने भएको छ ।

कोरोना संक्रमणको जोखिम रोक्न सरकारले लगाएको लकडाउन उल्लंघन हुने क्रम नरोकिएपछि शुक्रबारदेखि प्रहरीले सडकमा भेटिने सवारी साधन नियन्त्रणमा लिएर फिर्ता नदिने नीति लिएको हो ।

अब लकडाउन उल्लंघन गरेको अवस्थामा नियन्त्रणमा लिएको सवारी साधन लकडाउन सकिएपछि मात्र फिर्ता गर्ने प्रहरीले जनाएको छ । मोरङ प्रहरीका एसपी विश्व अधिकारीका अनुसार लकडाउन उल्लंघनको क्रम नरोकिएपछि कडाई गरिएको बताउनुभयो । सवारी साधन नियन्त्रणमै राख्ने र लकडाउन उल्लंघन गर्नेलाई २ घण्टा यथास्थानमा उभ्याएर पठाने प्रहरीले जनाएको छ ।

प्रदेश नंं १ सरकार र प्रदेश प्रहरी कार्यालय विराटनगरको निर्देशनमा सबै प्रहरी युनिटहरुले लकडाउन कडा बनाउने भएका हुन् । शुक्रबार साँझबाटै मोरङ प्रहरीले विराटनगरमा माईकिङ गर्दै घरबाट बाहिर ननिस्कन सुचित गरेको छ । विराटनगरमा भिडभाड हुने ठाउँमा प्रहरी पुगेर लकडाउन कडा बनाएको हो ।

शुक्रबार मात्रै मोरङमा लकडाउनको उलंघन गर्ने २५७ जान मानिस तथा २०७ वटा सवारी साधन नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ गरिएका सवारी साधनलाई लकडाउन समाप्त भएपछि मात्र छाडिनेछ ।

मानिसहरुको आवतजावत लगायतको गतिविधिमा पूर्णरुपमा कडाई गर्न लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो । विगत केही दिनयता साँझ परेपछि मानिसको चहलपहल बढेकाले प्रशासनले कडाई गर्ने निर्णय गरेको हो ।

उता सुनसरीको धरनमा पनि लकडाउनको अवेज्ञा गर्नेलाई ईलाका प्रहरी कार्यालयले पब्लिक हाईस्कूल, धरान १२ को खेल मैदानमा २ घण्टा बसाएको छ । उनीहरुलाई किन लकडाउन भन्ने सचेतना दिएर छाडिदिएको प्रहरीको भनाइ छ । । मोटरसाईकल लिएर हिड्नेहरुको मोटरसाईकल भने लकडाउन खुलेपछि मात्र दिईने ईलाका प्रहरी कार्यालय, धरानका प्रमूख डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

शुक्रबार, २८ चैत, २०७६, रातीको ०८:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर