लोड हुँदैछ...

मेनु

लघुकथाः कात्रो

लघुकथाः कात्रो

एउटा निम्न परिवरमा जन्मिएका कुलप्रसाद शर्मा संघर्षमय जीवनयापनको माझमा एकाएक शक्तिशाली भए। उनको पछिल्लो उमेरमा अचानक नाटकीय रुपमा सन्तानसहित दोस्रो गुणको घरजम भयो । त्यो दोस्रो गुण यति फाप्यो कि त्यसपछि उनि थप शक्तिशाली हुन सफल भए । दोस्रोतिरका सन्तान साह्रै इमान्दार र जोशिला थिए, जसले उनमा त्यो शक्ति प्राप्त भएको थियो । सामान्य चेतनास्तर र असामान्य गुण भएका उनी अब भुई न भाडाका भए । उन्मादले जीवन चलाउँदै थिए।

उनका जेठीपट्टिका चार सन्तान र पछि कान्छीसँग उठाएर ल्याएका तीन जना गरेर सात जना र यतिबेर बाबु, आमा, हुक्के, चम्चे, धुपौरे, सुसारेसमेत ठूलो परिवर बनिसकेको थियो। सबैजना एका सगोलमा मिलेर खुबसँग दुनियाँलाई मजाक बनाएर गिज्याउँदै र हेलाहोचो गर्ने गरेर दिनचर्या बिताउने गर्दैथिए। यतिसम्म कि कोहि कसैले उनीहरुको उन्मादको खस्याक–खुसुक्क चर्चासमेत गरेको सुने भने अपशब्द मात्रै प्रयोग गरेर अर्ती उपदेश सुनाइदिनु भनेर पठाइदिने गर्दथे। ती शब्दको चाजोपाजो हुक्के चम्चेले गर्ने गरेका थिए। सारा गाउँले त्यो रङ्गमञ्चको अभिनय निककै चासोका साथ खुब मजाले हेरिरहेका थिए।

यसैबीच एकाएक गाउँमा ठुलो महामारी फैलियो। सारा गाउँ नै सखाप हुने अवस्थाको महाब्याधी आयो। कान्छीपट्टिकालाइ नराम्रोसँग दबाएर तिनिहरुको इमान्दारिताको फाइदा लिन सिपालु जेठीपट्टिकाहरु त्यो महामारीमा राम्रै फाइदा लिएर गाउँलेलाई सखापै पार्ने नीतिमा लागे। कान्छिपट्टिकालाई पनि यहि हुलमुलमा सिध्याइदिने चालबाजी तय भयो। जेठिपटिकाको आडमा यसको अभ्यासमा धुपौरे, हुक्के, चम्चेहरु लागे। महामारी गाउँमा फैलिन सुरु भयो। उपचारको चाजोपाजो सुरु गर्नुपर्ने भयो। चम्चेमार्फत सारा गाउँलेलार्इ उपचारको लागि सहयोग दिनुपर्ने र भोलि गाउँमा परिअए शर्माजीको परिवारमार्फत नै उपचार गराउन खर्चबर्च जुटाउन उर्दी जारी भयो । सबैले भागमा परेको उठाएर शर्माजीकोमा पठाए। अब कामको बाडफाँड भयो। गाउँघरमा चुपो लागेर बिरामीहरुको स्याहारसुसार गर्ने जिम्मा कान्छीपटिकालाई दिइयो। जेठिपटीको जेठो छोरो चम्चे र धुपौरेले किनमेलको जिम्मा लिए। त्यति बेलासम्म गाउँलेहरु थला परिसकेका थिएनन्।

यता शर्माजीलाई महामारीले नराम्रोसँग भेटायो। गाउँले पनि बिरामी पर्न थाले। अषधिको कुनै ज्ञान नभएको जेठो जिम्मेवारी बमोजिम चम्चे धुपौरे लिएर दबाइ किन्न सहरतिर लागो। आफूलाई निकै बाठो र जान्ने बुझ्ने समाजसेवी ठान्ने जेठोले चम्चेहरुको सल्लाह र सुझाबमा सोझा गाउँलेले केही थाहा पाउने हैनन् भन्ने सोचेर आधाउधि दबाइ किनेर आधाउधि पैसा पचाइदिने निधो गरो। चम्चेहरुले त्यसको ब्यवस्थापन गर्ने भए। गाउँलेसँग र घरका अन्य सदस्यसँग उठाएको पैसाले आधा जस्तो ओखति किनेर आधा जस्तो पैसा चप्काइ दिएर उनीहरु गाउँ आए।

कमिसनको लोभमा ल्याएको दबाइ पनि अपुरो थियो। त्यहि पनि शर्माजीलाई चलाइयो। मात्रा नमिलेर शर्माजी बिते। अब फेरि मृत्यु संस्करका सामान किनेर ल्याउनुपर्ने भो। घरपरिवारको सल्लाहले सबै जनासँग दामासाहीले रकम उठाइयो। सामान किन्न पल्किएका चम्चे र जेठो छोरो फेरि मृत्यु संस्कारका सामान लिन बजार गए। अधिल्लो पटक दबाइमा कमिशन खाएर कमसल ल्याएर बाबुको अकालमा मृत्यु गराउनेले यसपटक कात्रोको कपडामा पनि आधा रकम आफ्नै घरका सदस्यसँग ठगेर खाए। यसरी कमिसन खाएर अपुरो दबाइ ल्याएको र कात्रोको कपडामा दाजुभाईसँग कमिसन खाएको कुरा वल्लोपल्लो गाउँसम्म हल्ला भयो। दाजुभाई ठगेर एकाघरमा मरेका बाबुलाई ल्याएको कात्रोको कपडामा कमिसन खाने शर्माजीको जेठो छोरो र चम्चे ,धुपौरेले समाजसेवी बनेर त्यो महामारीमा गाउँलेलाई कसरी मुक्त गरे होला ? पल्लो गाउँलेले जवाफ खोज्दैथिए।

3 प्रतिक्रियाहरू

3 प्रतिक्रियाहरू

देवेन्द्र पाैड्ल
April 4, 2020 6:00 PM

अति सान्दर्भिक छ सर

राजकुमार पौडेल
April 4, 2020 7:58 PM

हेर्दा हेर्दै कथाकार नै भयो रेवती । कोरोना को कहर ले उस्को भित्रि इच्छा आज दोस्रो बिश्वयुद्ध को आणविक बम जस्तै भयर उस्मा लघु कथा साहित्य मा फड्को मार्न सक्ने भयो ।। हुनत सानै देखि केहि गरौ भन्ने इच्छा शक्ति भयको हुनाले आज उ लघु कथाको कथाकार भयो ।

Rajendra Pokharel
April 4, 2020 10:29 PM

मित्र यो कथा भन्दा अगाडि हिन्दी साहित्यका मुर्धन्य कथाकार मुन्सी प्रेमचन्द्रको “कफन” पढ्न सुझाव।

प्रतिक्रियाहरू बन्द छन्।