वडाको चोक–चोकबाट तरकारीको बिक्री वितरण

वडाध्यक्षहरुले नै आफ्नो वडामा तरकारी वितरणको नेतृत्व लिएका छन्

धरान । कोरोना भाईरसको सम्भावित जोखिम हुन लकडाउन गरिएपछि दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सुनसरीको धरानमा चोकचोकमा बिक्री वितरण सुरु भएको छ ।

गाडी, टेम्पो तथा अन्य साधनबाट उपमहानरपालिकाका सबै वडाको चोकहरुमा तरकारी उपलब्ध गराउन थालिएको हो ।

स्थानीय प्रशासन र धरान उपमहानगरपालिकाले मुख्य तरकारी बजार र साप्ताहिक हाट बन्द गरेपछि तरकारी वजार व्यवस्थापन समितिको सहकार्यमा जनप्रतिनिधि र कृषि बजार उपजले सहुलियतमा तरकारी वडामै बिक्री वितरण थालेको हो । उपभोक्ताको दुरी कायम गरी पायक पनि चोकै पुगेर तरकारी बिक्री वितरण भइरहेको छ ।

कृषि उपज बजार धरान १३ ले लकडाउनमा तरकारीको अभाव हुन नदिने र उपभोक्तालाई सुलभ रुपमा वितरण गरिने जनाएको छ । बजारले फलफूल, आलु ,प्याज लगायत मौज्दात रहेको जानकारी गराउँदै अगामी दिनमा थप सामाग्री बिभिन्न स्थानहरुबाट धरान ल्याउने तयारी रहेको जनाएको छ ।

स्थानीय प्रशासनको सहयोगका कारण तरकारी आयातमा सहजता रहेको बजार व्यवस्थापन समितिले जनाएको छ । धरानका थोक विक्रेताका सहयोगीहरुले हाल धरानमा सुनसरीको स्थानहरुबाट हरियो तरकारी आपूर्ति गरी बिक्री गरिरहेका छन् ।

धरानका मुख्य सब्जी मण्डी बन्द भए पनि चोक चोकमा साँझपख, सटर तथा पसलहरु केही समयका लागि खुल्ला रुपमा तरकार सहज रुपमा उपलव्ध भइरहेको छ । धरान नगरका बसपार्क छेउ सब्जी मण्डी, लगायतका बिभिन्न वडा कार्यलय परिसर क्षेत्रमा दुरी कायम गरी हरियो तरकारी तथा फल फुल विक्री वितरण भइरहेको छ । धेरैजसो गाडीको प्रयोग गरी हरेक वडाको घरघरमा तरकारीहरु पु¥उयाउने कार्य समेत भईरहेको छ ।

आफ्ना वडाका नागरिकहरुलाई कसरी सहजरुपमा तरकारी एवं सब्जी वितरण गर्ने भनेर मंगलबार बिहान धरान १३ स्थित कृषि बजारमा वडाअध्यक्षहरुको बैठकसमेत बसेको थियो । मेयर, उपमेयरसहितको बैठकले बुधबारदेखि वडाध्यक्षहरुले नै आफ्नो वडामा तरकारी वितरणको जिम्मा लिने निर्णय पनि गरेको छ ।

कृषि बजारका अनुसार तररकारी वितरणको लागि वडाहरुमा तरकारी लिएर गाडी गइसकेको छ । कतिपय वडाका अध्यक्षहरु आफैले गाडी जिम्मा लिएर गएका छन् । बुधबारदेखि वडाअध्यक्षहको नेतृत्वमा नै हरेक वडाका ५ देखि १० ठाउँमा समय मिलाएर तरकारी वितरण गरिने कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो ।

मङ्गलबार, १८ चैत, २०७६, दिउँसोको ०१:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर