कानेपोखरी । कोरोना भाईरसको संभावित जोखिम सामना गर्नको लागि मोरङको कानेपोखरी गाउँपालिले बयरवनमा क्वारेन्टाइन निर्माण गरेको छ ।
कानेपोखरी ४ बयरवनस्थित स्वास्थ चौकीमा रहेको सर्पदंश उपचार केन्द्रको भवनमा ७ बेडको सुरक्षित सुबिधासम्पन्न क्वारेन्टाइन निर्माण भएको हो ।
गाउँपालिकाको सहयोग र स्थानीय युवाको समन्वयमा क्वारेन्टाइन निर्माण भएको हो । बैदेशिक रोजगारबाट आएकोहरुलाई तत्काल संक्रमणबाट बच्नको लागि १४ दिनसम्म बस्ने क्वाराइन्टाइन निर्माण गरिएको हो । क्वारेन्टाइनमा बस्ने विरामीको लागी ट्याइलेट, बाथरुम, खाजा, खान सबैको व्यवस्थापन गरेको वडाध्यक्ष धनबहादुर राईले बताउनुभयो ।
अहिले होम क्वारेन्टाइनको लागि होममेड पिपिई पालिकाको तीन वटा स्वास्थ्य चौकीका ६ जना स्वास्थकर्मीहरुलाई र एम्बुलेन्स चालकलाई दिएको छ । त्यसैगरी स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण प्रदेश सरकारबाट कानेपोखरी गाउँपालिकालाई दुई थान पिपिई आउने गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामले बताउनुभयो ।
अहिले गाउँपालिकामा ६३ जना बैदेशिक रोजगारबाट घर आएकाहरु रहेको तथ्याङ्क छ । जसमध्ये अष्ट्रेलियाबाट घरआएका कानेपोखरी ५ का दम्पती वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा बसेका थिए । उनीहरुको कोरोना परीक्षण रिर्पोट नेगेटिभ देखिएपछि घर फर्केका छन् ।
क्वारेन्टाईनमा वेड र आवश्यक पर्ने स्वास्थ उपकरण पनि आएको कानेपोखरी गाउँपालिकाका स्वास्थ्य संंयोजक राहिन्द्रकुमार राजभण्डारीले जानकारी दिनुभयो । क्वारेन्टाईन कक्षमा तत्कालको लागि ७ वडा वेड तयारी अवस्थामा राखिएका छ । आवश्यक परेमा बिस्तार गर्ने योजना छ ।
यसैबीच गाउँपालिकाका सुकुम्बासी र मजदुरलार्इ राहत वितरणको तयारी भइरहेको नेकपा कानेपोखरी गाउँपालिका सचिव मनोज राजवंशीले जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमण फैलिएसँगै सरकारले लकडाउभन गरेपछि मजदूरहरुले काम गर्न नपाएकोले उनीहरुको छाक टार्ने समस्या समाधानको लागि राहत वितरण गर्ने तयारी भएको हो ।