प्रत्येक कहरमा
साबिकको झै,
एक बोरा चामल, एउटा त्रिपाल ,
एक पोका चाउचाउ !
बोक्न र समाउन,
बानी परेका लखन चौधरी !
तिमीलाई थाहा छ ?
यो बर्ष भित्ते पात्रो नपढी कहर आयो !
कस्तो पापी कहर !
कत्तै कोहि जान नमिल्ने ,
तिमि सङ बोल्न नि नपाउने !
तर, चिन्ता नलेउ लखन चौधरी !
म जस्ताले ज्यानसङ साटेर ल्याएको,
तीन ठाउँका सरकार ,
तिम्रो लागि समर्पित छ ।
तर, मलाई थाहा छ,
तिमी लखन चौधरी बदलिएका छैनौं,
फेर उहि एक बोरा चामाल
र एउटा त्रिपालको आशमा ,
एउटा पुरानै जमिन्दार,
वा नयाँ अवतार खोज्दै,
आँखा टटाइरहेका छौं !
फेरि पनि त्यसै हो भने ,
माफ गर, लखन चौधरी !
यस पटक पनि म तिम्रो हमदर्द बन्न सकिन !
किनकी अपारदर्शी पैसा कमाउन सकिन,
मैले त ज्यानसँग साटेको गणतन्त्र हो,
जस्ले तिम्रो जिम्मा लिनपर्छ ।
कोहि अमुक,
कोहि कथित फरिस्ता,
अनि दलाल रुचाउने सुपरम्यान !
तिम्रो रोजाइ हो भने,
माफ गर लखन चौधरी,
म फेरि पनि तिम्रो देउता हुन सकिन !!