विराटनगर । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको अध्यक्षमा धनकुटाका गोपाल बराइली निर्वाचित भएका छन्। मङ्गलबार सम्पन्न सङ्घको दोस्रो महाधिवेशनबाट बराइलीको नेतृत्वमा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। बराइलि रेडियो धनकुटाका व्यवस्थापक हुन् ।
महाधिवेशनले सङ्घको वरिष्ठ उपाध्यक्षमा गोरखापत्रका लक्ष्मण दर्नाललाई निर्वाचित गरेको छ। त्यस्तै, खुला उपाध्यक्षमा विनोद परियार (रेडियो जागरण), महिला उपाध्यक्षमा सावित्री रसाइली (नेपाल टेलिभिजन) र समावेशी उपाध्यक्षमा भीमबहादुर गन्धर्व निर्वाचित भएका छन्।
सङ्घको प्रादेशिक उपाध्यक्षहरूमा सातै प्रदेशबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ। जसअनुसार कोशी प्रदेश उपाध्यक्षमा सरिता बराइली (रेडियो नेपाल), मधेस प्रदेशबाट भोला पासवान (अवलोकृत डटकम), बागमती प्रदेशबाट सुशील दर्नाल (रासस), गण्डकी प्रदेशबाट नरभूपाल विक, लुम्बिनी प्रदेशबाट मानसिंह विक, कर्णाली प्रदेशबाट टेकेन्द्र रसाइली र सुदूरपश्चिम प्रदेशबाट प्रेम विक निर्वाचित भएका छन्।
यस्तै, सङ्घको महासचिवमा करन ताम्राकार चुनिएका छन्। सचिव पदमा चिन्ता परियार, राजेशकुमार पासवान, सुनिता नेपाली र वसन्त विश्वकर्मा निर्वाचित भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी सञ्जय सौगातले पाएका छन्।
नवनिर्वाचित अध्यक्ष बराइलीका अनुसार ४५ सदस्यीय कार्यसमितिमा हाल ३५ जना निर्वाचित भएका छन् भने बाँकी १० सदस्य पछि मनोनित गरिनेछ। दलित समुदायका पत्रकारहरूको हकहित र मुद्दालाई सशक्त रूपमा उठाउने उद्देश्यका साथ यो नयाँ कार्यसमिति चयन गरिएको हो।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।