औद्योगिक ग्राममा आइसोलेशन र क्वारेन्टाइन

धनकुटा । नोवेल कोरोना भाईरस (कोभिड–१९) को संभावित जोखिम सामना गर्नको लागि धनकुटामा क्वारेन्टाइन र आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

धनकुटा नगरपालिका ६ स्थित् औद्योगिक ग्राममा रहेको घरेलु तथा साना उद्योग विकास समितिको खाली भवनमा क्वारेन्टाईन र आईसोलेसन कक्ष स्थापना गरिएको हो ।

औद्योगिक ग्राम स्थापना गर्न घरेलु तथा साना उाधोग विकास समितिले ४ वर्ष अघि निर्माण गरेको खाली भवनमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको प्राविधिक सहयोगमा क्वारेन्टाईन र आईसोलेसन कक्ष स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीका अनुसार क्वारेन्टाईनको लागि औद्योगिक ग्रामको एउटा भवन र आईसोलेसनको लागि २ वटा भवन तयारी गरिएको छ ।

आवश्यकता परे औद्योगिक ग्रामको सबै खाली भवनहरुलाई प्रयोग गर्ने तयारी छ । ग्राममा रहेका १५ वटा भवनमध्ये ११ वटामा आईसोलेसन र क्वारेन्टाईन, बाँकी ३ वटा भवनमा स्टोर र अर्को एउटामा मेडिकल टिम राख्नेगरी कार्य अघि बढाइएको छ ।

क्वारेन्टाईन कक्षमा तत्कालको लागि ६ वडा वेड तयारी अवस्थामा राखिएका छन् भने आइसोलेसनको लागि पनि वेडहरुको तयारी गरिएको नेपाली सेना वरखगण सल्लेरीका गणपती भगवान थापा मगरले जानकारी दिनुभयो । सुरक्षा निकायले औद्योगिक ग्रामको खाली भवन सफा गर्नुको साथै आवश्यक पर्ने सम्पूर्ण तयारी गरेको छ ।

सोमबार, १० चैत, २०७६, बिहानको ०८:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर