मुसहर वस्तीको आवास शिलान्यास

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. १६ मा विपन्न मुसहरवस्ती सामूहिक आवास कार्यक्रमको लागि बन्ने भवनहरुको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले बिहीबार मुसहर वस्ती सामूहिक आवास निर्माण आयोजना अन्तर्गत बन्ने भवनहरुको शिलन्यास गर्नुभएको छ ।

शिलन्यास कार्यक्रममा प्रमुख चौधरीले निर्माण कम्पनीले इमान्दारीका साथ काम गर्न सुझाव दिनुभयो । तराइ मधेस समृद्धि कार्यक्रम अन्तर्गत संघीय सरकारको ७० लाख तथा उपमहानगरपालिकाको ७ लाख रुपैयाँ लगानीमा यहि आर्थिक वर्षमा ९ घरहरु विपन्न मुसहर नागरिकको लागि निर्माण हुने नगरपालिकाका इञ्जीनियर जीवन घिमिरेले जानकारी दिनुभयो ।

वस्तीमा राखिने मुसहर समुदायको छनौट निश्चित विधि बनाएर गरिने उपमहानगरले जनाएको छ । वडा नम्वर १६ का वडासदस्य तेजनारायण चौधरीले चुनावताका विपन्न वर्गका लागि गासवास र कपासको ब्यवस्था गरिने प्रतिवद्धता पुरा हुन लागेको बताउनुभयो । आवासभित्र भित्री बाटोहरु, चिल्डेन पार्क, सामुदायिक भवन र दिनाभद्रिको मठ पनि निर्माण गरिनेछ ।

डेढ विघा ऐलानी जग्गामा भवनहरु निर्माण गर्नका लागि वहुवर्षे योजनाको रुपमा ५० घरहरु निर्माण गर्ने लक्ष्य उपमहानगरको छ । कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले वहुवर्षे योजना अन्तर्गत निर्माण हुने वस्ती निर्माणको कार्य २ महिनाभित्र सक्न सम्झौता गरिएको बताउनु भयो । वस्ती निर्माणको ठेक्का मिना सन्तोष कन्ट्रक्सन कानेपोखरीले पाएको छ ।

बिहिबार, ०६ चैत, २०७६, रातीको ०९:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर