नयाँ कार्यालयमा कर्मचारी खटाइने

विराटनगर । प्रदेश नंं. १ सरकारले नयाँ स्थापित कार्यालयहरुमा अस्थायी रुपमा आवश्यक कर्मचारी खटाउने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ स्थापित कार्यालयहरुमा दरवन्दी तथा अस्थायी संगठन संरचना स्वीकृत गरेको हो ।

प्रदेश लोकसेवा आयोगमा एक जना सचिवसहित २३ जना, यातायात व्यवस्था निर्देशनालयमा एक जना निर्देशकसहित १४ जना, प्रदेश लगानी प्राधिकरणकामा एक जना शाखा अधिकृतसहित ६ जनाको दरवन्दी स्वीकृत गरिएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो ।

बुधबार, ०५ चैत, २०७६, रातीको ०८:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर