काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई किड्नी दान गर्नुभएकी उहाँकी भान्जी समीक्षा संग्रौला बुधबार डिस्चार्ज हुनुभएको छ ।
संग्रौलालाई डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीलाई गत साता वुधबार नै किड्नी प्रत्यारोपण गरिएको थियो । अस्पतालबाट बाहिरिनुअघि समीक्षालाई प्रधानमन्त्री ओलीसँग भेट गराइएको थिया । चिकित्सकबाहेक ओलीलाई अस्पताल परेपछि भेट्ने पहिलो ब्यक्ति समिक्षा हुन् ।
ओलीलाई किड्नी दान गर्ने संग्रौलालाई अस्पतालबाट घर पठाइएको भएपनि प्रधानमन्त्रीलाई कहिले पठाइन्छ अझै यकिन भइसकेको छैन । चिकित्सकहरुले प्रधानमन्त्रीज्यूको अवस्था हेरेर निर्णय गर्ने बताइएको छ ।
प्रधानमन्त्रीको अवस्थमा सुधार आइरहेको भन्दै कुनैपनि समय डिस्चार्ज गर्न सकिने जानकारी अस्पतालले दिएको छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकहरुले मंगलबार मात्र आफ्नो अनुभव सेयर गरेका थिए ।