विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित करिब ७० करोड रुपैयाँ लगानीमा आर.के. सिटी सेन्टर शुक्रबारदेखि सञ्चालनमा आएको छ ।
अत्याधुनिक सुविधा सम्पन्न ८ तले भवनमा आर.के. सिटी सेन्टर सञ्चालनमा आएको भएको सेन्टरका जेनेरल मेनेजर राजेश प्रसाईंले जानकारी दिनुभयो ।
विराटनगरको आरके चिल्ड्रेन अस्पतालका सञ्चालक डा.सुवोध शर्मा र शुनिल शर्माको लगानीमा आरके सिटी सेन्टर सञ्चालन भएको हो । विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरि तयारी पूरा भएकोले शुक्रबार शर्माको अभिभावकाबाट उद्घाटन गरिने भएको छ । हाटखोला चोकमा अत्याधुनिक सिनेमाहल, रुफटप स्विमिङ पुल, स्काई बार, प्ले जोन र फुडकोर्टसहितको ८ तले मल शर्माले सञ्चालनमा ल्याएका हुन् ।
बालरोगको विशेषज्ञ चिकित्सकका रूपमा ख्याती कमाएका शर्माले सपिङ मल सञ्चालन गरेर बजार व्यवसायमा पनि सहभागिता थालेका हुन् । भवनको फिनिसिङका काम पुरा भएकोले औपचारिक रूपमा उद्घाटन गरि शुक्रबारदेखि सञ्चालनमा आउने प्रसाईंले जानकारी दिनुभयो । साढे ३ कट्ठा क्षेत्रफलमा भवन निर्माण भएको हो ।
आरके सिटी सेन्टर सञ्चालनको अवसर पारेर एक महिनासम्म विभिन्न सामाग्रीमा छुट योजना ल्याएको छ । म्यानेजर प्रसाईंका अनुसार घर सजावटको सामाग्री खरिदमा उपभोक्तालाई १५ प्रतिशत छुट योजना रहेको छ । यस्तै फनिर्चरको सामानमा १५ प्रतिशत, लत्ताकपडाको खरिदमा १५ प्रतिशत छुट रहेको छ । यसैगरि ६ हजार देखि ९ हजार ९ सय ९९ रुपैयाँसम्मको लत्ताकपडा खरिदमा थप १ हजार रुपैयाँ, १० हजारदेखि १९ हजार ९ सय ९९ रुपैयाँको कपडा खरिदमा २ हजार र २० हजारभन्दा माथिको लत्ताकपडा खरिदमा थप ५ हजार रुपैयाँ छुट दिने योजना मलको छ ।
आरके सिटी सेन्टरको औपचारिक शुभराम्भ भएका दिनदेखि चैत महिनाभरी छुट योजना लागू हुनेछ प्रसाईले जानकारी दिनुभयो । दैनिक उपभोग्य बस्तुहरूमा ५ देखि १५ प्रतिशतसम्म छुट दिने सैन्टरले जनाएको छ ।
सिटी सेन्टरमा घरयासी उपभोग्य बस्तुदेखि बालवालिकालाई खेलाउने सामाग्री र स्वीमिङ्ग पुलसमेत रहेको छ । स्वीमिङ्ग पुलसहित रूफटप बारसहित छ । सेन्टरको सातांै तलामा स्वीमिङ्ग पुल रहेको छ । गर्मी र जाडो दुवै सिजनलाई लक्षित गरि स्वीमिङ्ग पुल बनाएको सेन्टरले जनाएको छ ।
सेन्टरको र्भुईतलामा काठमाडौंको प्रसिद्ध ‘बोता मोमो’ को फ्रेन्चाइज रहनेछ । सेन्टरको भुइँतला र पहिलो तलामा ग्रोसरी, दोस्रो तलामा ‘सस्तो बजार’, तेस्रो तलामा ब्रान्डेड सामान, चौथो तलामा कस्मेटिक अर्थात् श्रृंगारका सामान र होम डेकोर, पाँचौं तलामा जिम, जुम्बा र प्ले जोन, छैटौं र सातौं तलामा सिनेमा हल रहनेछ । छैटौं तलाको अर्कातिर फुडकोर्ट, रेस्टुरेन्ट र शैलुन हुनेछन् भने सातौं तलामा स्काई बार र रुफटप स्विमिङ पुलको निर्माण भइरहेको छ ।
सिटी सेन्टरले दुइ सय ५० जनालाई रोजगारी दिने बताइएको छ । एउटै छानामुनी सम्पूर्ण सामाग्री सेन्टरमा उपलब्ध हुने र बजारमूल्यभन्दा सस्तो सामान उपलब्ध गराउने मेनेजर प्रसाईंले जानकारी दिनुभयो । यसअघि विराटनगरमा भाटभाटेनी सुपर मार्केट र सेन्ट्रल मल सञ्चालनमा आइसकेका छन् ।