विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर १ का सामुदायिक विद्यालयका विद्यार्थीलाई प्राविधिक तालिम दिन शुरु गरिएको छ ।
क्षेत्र नं १ का विभिन्न विद्यालयका विद्यार्थीहरूलाई नेपाल उद्यमी समाज र काइचो ग्रुपको प्राविधिक सहयोगमा कक्षा ९, १०, ११ र १२ का विद्यार्थीलाई रोबटिक्स, अर्दिनो र वाटर रकेट निर्माण सम्बन्धी तालिम सञ्चालन गरिएको उद्यमी समाजका अध्यक्ष खगेन्द्र आचार्यले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूको पहलमा चारवटा विद्यालयमा प्राविधिक तालिम शुरु गरिएको आचार्यले बताउनुभयो ।
प्रतिनिधि सभामा त्यस क्षेत्रबाट पराजित भएपनि जनताप्रतिको समर्पणमा कमि आउन नदिन प्राविधिक तालिम शुरु गरिएको लिम्बूले बताउनुभयो ।