लोड हुँदैछ...

मेनु

वीपीको दिक्षान्त समारोह स्थगित

वीपीको दिक्षान्त समारोह स्थगित

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फागुन २४ गतेलाई तय भएको दिक्षान्त समारोह स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले सभा समारोह नगर्न सुझाएपछि प्रतिष्ठानले दिक्षान्त समारोह स्थगित गरेको हो ।

विश्वब्यापी रुपमा फैलिइरहेको कोरोना भाइरसका कारण दिक्षान्त समारोह स्थगित गर्नुपरेको प्रतिष्ठानले जनाएको छ । सरकारले नै सतर्कता अपनाउँदै भेला सम्मेलन नगर्न आब्हान गरेपछि विद्यार्थी, चिकित्सक तथा दिक्षान्त समारोहमा उपस्थित हुनेहरुको स्वास्थ्यलाई ख्याल गरी तत्कालका लागि समारोह स्थगित गरिएको हो । प्रतिष्ठानको दिक्षान्त समारोह चार वर्षयता हुन सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।