सिँचाई पोखरी निर्माण

पाँचथर । पाँचथरको सुख्खाग्रस्त क्षेत्र कुम्मायक १ यासोकमा सिँचाई पोखरी निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् ।

गाउँपालिका र वडाको गरी १० लाख रुपैयाँको लागतमा सिँचाई पोखरी निर्माण भएपछि गाउँमै युवाले कृषि फार्म दर्ता गरेर व्यावसायिक कृषि पेशा सुरु गरेका हुन् ।
युवाहरु मिलेर १० लाख रुपैयाँको लागतमा उनीहरुले उक्त फार्ममा गोलभेडा, काउली, साग, काँक्रा, फर्सीलगायतका खेती गरेका छन् । उनीहरुलाई गाउँपालिका तथा वडाले पनि अनुदान र प्राविधिक सहयोग गरिरहेको छ ।

सोमबार, १९ फागुन, २०७६, रातीको ०९:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर