वाहेतीको चरित्र हत्या भएको गुनासो

उर्लाबारी । पूर्वअध्यक्ष प्रेमचन्द्र वाहेतीको चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गरेको भन्दै उर्लाबारी उद्योग वाण्ज्यि संघले आपत्ती जनाएको छ ।

आइतबार पत्रकार सम्मेलन गरी संघले एक अनलाइनले पूर्वअध्यक्ष वाहेतीको चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ती जनाएको हो ।

उर्लाबारीमा प्लाष्ट्रिकको चामल भेटियो भन्ने विषयमा अनावश्यक रुपमा पूर्वअध्यक्ष वाहेतीको नाम जोडेको भन्दै संघका अध्यक्ष प्रितम खड्गीले सत्यतथ्य समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई अपिल गर्नुभयो । वाहेतीको पसलमा नभई अन्य पसलबाट चामल खरिद गरिएको र चरित्र हत्या गर्ने उद्देश्यले उक्त अनलाइनले समाचार सम्प्रेषण गरेको उहाँको भनाइ छ ।

ग्राहक सुमन धमलाले प्लाष्टिकको चामल भेटिएको विषय पत्रकारलाई जानकारी गराएका थिए । ग्राहक धमलाले आफूले गल्ती गरेको महशुस गरेको पत्रकार सम्मेलनमा बताए । धमलाले चामल रोशन किराना स्टोरबाट खरिद गरेको प्रमाणित भएको संघका महासचिब रामबहादुर थापाले बताउनुभयो ।

वराटनगरबाट खरिद गरी ल्याएको बरदाना चामलबारे ग्राहकबाट गुनासो आएपछि फिर्ता पठाएको पसलका प्रतिनिधिको भनाइ छ ।

आइतबार, ११ फागुन, २०७६, दिउँसोको ०३:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर