विराटनगर । अभिनेत्री सुरक्षा पन्तले आमा फिल्ममा अभिनय गरेसँगै क्यारेक्टरमा डुब्ने क्षमतामा विकास भएको बताएकि छन् ।
यस वर्षका लागि उनको दोस्रो फिल्म ‘आमा’ यही फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मका लागि उनले ठूलो त्याग गरेकी छन् । फिल्मको क्यारेक्टरमा पूर्णरुपमा डुब्न उनले आफ्नो लोभलाग्दो कपाल समेत खौरिइन् । फिल्म हेर्दा दर्शकलाई वास्तविक लागोस् भन्नका लागि आफूले कपाल खौरिएको उनको तर्क छ । कथाकै कारण सुरक्षा कपाल खौरिन राजी भएकि हुन् ।
‘आमा’ मा आफूले गरेको अभिनय ‘एक्टिङ र नन एक्टिङ’ को बीचमा रहेको उनको कथन छ । यो फिल्म गरेपछि आफूमा क्यारेक्टरमा डुब्ने क्षमताको विकास भएको उनी सुनाउँछिन् ।
‘आमा’ मा काम गर्दा एक हदसम्म अभिनयमा सन्तुष्टि मिलेको सुरक्षाको अनुभव छ ।