पूर्वेली म्युजिक अवार्ड हुने

इटहरी ।  सुनसरीको इटहरीमा रमपम पुर्वेली म्युजिक अवार्ड २०२० आयोजना हुने भएको छ ।

पूर्वेली मिडिया नेटवर्कको आयोजनामा चैत १४ गते शुद्ध मौलिक लोकगीत, संगीत, कला, संस्कार तथा संस्कृतिको सम्बद्र्धन साथै प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा २२ वटा बिधामा अवार्ड प्रदान गर्ने जनाइएको छ । पूर्व क्षेत्रमा कार्यरत रंग पत्रकार तथा पूर्वेली गीत संगीतमा योगदान गर्ने एक सर्जकलाई लाईफटाईम अचिवमेन्ट अवार्डसमेत प्रदान गरिने

आयोजक समितिका सुरेशचन्द्र दाहालले जानकारी दिनुभयो ।

म्यूजिक अवार्ड कार्यक्रममा मुल्यांकनका आधारमा जुरी टिमले टप ५ छनौट गर्नुका साथै उत्कृष्ट टप ५ मनोनयनमा परेका गीतहरु भेटिङका माध्यमबाट सर्वोकृष्ट गीत छनौट गरिने छ । भोटिङका लागि खल्ती एपबाट भोट गर्न सकिने ब्यवस्था गरिएको साथै नोमिनेशनका लागि समेत सो एपबाट फर्म भर्न सकिने व्यवस्था रहेको आयोजकले बताएको छ ।

पूर्वेली म्यूजिक अवार्डको कार्यक्रममा १५ देखि २० लाख खर्च हुने अनुमान गरिएको आयोजकको भनाइ छ । अवार्डमा बेस्ट न्यू आर्टिस्ट, सङ अफ द इयर, बेस्ट मेल भोकल पर्फमेन्स्, बेस्ट फिमेल भोकल पर्फमेन्स्, बेस्ट भोकल कोलाब्रेसन्, बेस्ट कम्पोजिसन्, बेस्ट अरेन्जमेन्ट्, बेस्ट लिरिक्स, बेस्ट लिम्बु सङ्का विधाहरुमा अवाड प्रदान गरिने भएको छ । साथै बेस्ट तामाङ सङ्, बेस्ट शेर्पा सङ्, बेस्ट मगर सङ्, बेस्ट राइ सङ्, बेस्ट गाुरूङ सङ्, बेस्ट थारू सङ्, बेस्ट मैथली सङ्, बेस्ट राजबंशी सङ्, बेस्ट भिडियो, बेस्ट भिडियोग्राफी, बेस्ट भिडियो इडिटर, बेस्ट मोडल (मेल), बेस्ट मोडल (फिमेल) समेतलाई समेटिनेछ ।

फाल्गुन ६, २०७६, दिउँसोको ०१:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर