कतिपयको बानी हुन्छ, नङ टोक्ने । फुर्सद पाउनसाथ उनीहरु नङ टोक्न थाल्छन् । जबकी आफूले नङ टोकिरहेको उनीहरुलाई भेउ हुँदैन । नङ टोक्ने बानी सामान्य लाग्न सक्छ । तर, यसले स्वास्थ्यमा निकै नराम्रो असर पु¥याउँछ । के पनि भनिन्छ भने, नङ टोक्नु भनेको तनावग्रस्त हुनुको संकेत हो । तर, हामी हाम्रो नङ टोक्ने बानीबाट हामी सजिलै छुट्कारा पाउन सक्दैनौं ।
फोहोर नङ चपाउनाले रोगका किटानुहरु शरीर भित्र प्रवेश गर्छ । नङमा साल्मोनेला र ईकोलाई जस्ता रोगहरु उत्पन्न गर्ने किसिमका ब्याक्टेरियाहरु हुन्छन् । जब तपार्इं दाँतले नङ टोक्नुहुन्छ, ब्याक्टेरिया सजिलै तपाईंको मुखभित्र प्रवेश गर्छ । यस्तो स्थितिमा तपार्इं अवश्य पनि बिरामी पर्नुहुन्छ । विभिन्न सर्वेक्षणहरुका अनुसार हाम्रो नङ हाम्रो औंलाको टुप्पो भन्दा दुई गुणा वढि फोहोर हुन्छ । त्यसैले नङ चपाउन हाम्रो लागि अति नै हानीकारक हुनसक्छ ।
स्किन इन्फेक्सन हुनसक्छ
नङ टोक्नाले नङ वरपरका छालाको कोशिकाहरुलाई पनि हामी पुग्छ । यस्तो अवस्थामा पेरोनिसियाबाट पीडित हुने पनि खतरा हुन्छ । यो एउटा स्किन इन्फेक्सन हो, जुन नङको वरपरको छालामा हुन्छ ।
दाँतलाई पनि हानी पु¥याउँछ
नङ चपाउनाले दाँतमा एकदम नराम्रो असर पर्छ । नङबाट निस्कने फोहोरले तपाईंको दाँतलाई कमजोर बनाउन थाल्छ । एउटा सर्वेक्षण अनुसार धेरै नङ टोक्ने मानिसहरुलाई धेरै तनाव हुन्छ । जुन व्यक्तिमा नङ टोक्ने बानी छ, त्यो व्यक्तिलाई तनाव छ भन्ने संकेत प्राप्त हुन्छ । नङ टोक्दा नङमा समावेश भएका फोहोरहरु दाँतसम्म पुगिरहेको हुन्छ, जसले दाँत कमजोर हुन थाल्छ ।
छालामा घाउ हुनसक्छ
बारम्बार नङ टोक्ने मानिसहरु डर्मेटोफेजिया नामक रोगको शिकार हुन सक्छन् । यो रोग लागे पछि छालामा घाउ हुन थाल्छ । घाउ बढ्दै गयो भने त्यसको इन्फेसनले नसामा पनि हानी र्पुयाउँन सक्छ ।
क्यान्सरको पनि खतरा हुन्छ
सधै नङ टोक्नाले अन्द्राको क्यान्सर हुन्छ । वास्तवमा नङ टोक्दा नङमा समावेश ब्याक्टेरिया हाम्रो आन्द्रासम्म पुग्छ र क्यान्सर जस्तो घातक रोग पनि लाग्न सक्छ । यदि तपाईंको पनि नङ टोक्ने बानी छ भने आजबाट नै यो बानीबाट छुट्कारा पाउनुहोस् । किनभने नङ टोक्ने बानीले तपाईंलाई धेरै कुराहरुबाट हानी पु¥याउँछ ।