ज्वाईंले गरे ससुराको हत्या ! शव बोरामा पोको पारेर इनारमा फालियो
काठमाडौँ । ललितपुरमा आफूले चलाइरहेको फार्म हाउस बेचेर सिन्धुलीको गोलन्जोरका केशवराज हायु बुल्गेरिया उड्ने तयारीमा थिए । गोलञ्जोर गाउँपालिका–३ घर...
काठमाडौँ । ललितपुरमा आफूले चलाइरहेको फार्म हाउस बेचेर सिन्धुलीको गोलन्जोरका केशवराज हायु बुल्गेरिया उड्ने तयारीमा थिए । गोलञ्जोर गाउँपालिका–३ घर...
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले पार्टी जिम्मेवारीमा फर्किएका छन्। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेल...
विराटनगर । मधेस प्रदेशसभाको सभामुखमा रामआशिष यादव विजयी भएका छन् । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आइतबार निर्वाचन...
विराटनगर । आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको २८ निर्वाचन क्षेत्र र माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभाका...
विराटनगर । गएको असोज १८ र १९ गतेको भीषण बाढी–पहिरोले संकटमा पुगेको इलामलाई संघीय सरकारले संकटकाल घोषणा गर्यो । तर,...
विराटनगर । जेनजी आन्दोलनलाई संस्थागत गर्दै सरकारविरुद्ध संयुक्त संघर्ष अघि बढाउने निर्णयसहित ३० भन्दा बढी जेन्जी समूहहरूको संयुक्त बैठकले संयुक्त जेन्जी आन्दोलनको घोषणा गरेको छ। २०८२ साल पौष ५ गते ललितपुरको झम्सिखेलमा सम्पन्न उक्त बैठकले हालसम्म छरिएर रहेका जेन्जी समूहहरूलाई एउटै छातामुनि ल्याउँदै संयुक्त आन्दोलनलाई औपचारिक रूप दिएको हो। बैठकमा देशभरबाट आएका १०० भन्दा बढी जेन्जी अभियन्ता, आन्दोलनका क्रममा घाइते भएका युवा तथा शहीद परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकले आन्दोलनलाई थप प्रभावकारी र संगठित बनाउने उद्देश्यले कार्यकारी समिति विस्तार गर्ने निर्णय गर्दै मिरज ढुंगाना, अजय सोडारी,सुनिल सिंह, विजय शाह, सुरेन्द्र घर्तीलाई त्यसको जिम्मेवारी सुम्पिएको छ । यस्तै, आन्दोलनलाई वैचारिक र रणनीतिक दिशानिर्देश दिन सल्लाहकार रवि किरण हमाल र हरिस भट्ट रहनेछन् । बैठकले वर्तमान सरकारले जेन्जी आन्दोलनको मूल भावना, बलिदान र अपेक्षाअनुसार काम गर्न असफल भएको निष्कर्ष निकालेको छ। सहभागी अभियन्ताहरूले सरकार आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्नुभन्दा उल्टै जेन्जी विद्रोहविरुद्ध षड्यन्त्र र दमनको बाटोमा उन्मुख भएको आरोप लगाएका छन्। सोही कारण अब वर्तमान सरकार अपदस्त गर्नुपर्ने, सर्वपक्षीय सहमतिको आधारमा सर्वपक्षीय सरकार गठन गर्नुपर्ने र देशको दीर्घकालीन राजनीतिक संकट समाधानका लागि संविधान पुनर्लेखन अपरिहार्य भएको धारणा बैठकले सार्वजनिक गरेको छ। बैठकको निष्कर्षसँगै संयुक्त जेन्जी आन्दोलन समितिले सरकारविरुद्ध सडक संघर्षलाई अझ सशक्त रूपमा अघि बढाउने निर्णय गरेको छ। सोही निर्णयअनुसार आन्दोलनका आगामी कार्यक्रम र राजनीतिक मागहरू सार्वजनिक गर्न भोलि दिउँसो १ बजे काठमाडौँको डिल्लीबजारस्थित भोजन गृहमा बृहत् पत्रकार सम्मेलन आयोजना गरिने जेनजी अगुवा विजय शाहले बताएका छन्। पत्रकार सम्मेलनमार्फत हाल सडकमा रहेका सबै जेन्जी अभियन्ता, आन्दोलनका घाइते र शहीद परिवारलाई एउटै आन्दोलनमा समेट्दै संयुक्त रूपमा सरकारविरुद्ध प्रदर्शनलाई देशव्यापी बनाउने रणनीति सार्वजनिक गरिने बताइएको छ। संयुक्त जेन्जी आन्दोलन समितिले यो संघर्ष कुनै व्यक्ति वा समूहविरुद्ध नभई, असफल शासन प्रणाली, राजनीतिक स्वार्थ र जनभावनाविपरीत उभिएको राज्यसत्ताविरुद्ध भएको स्पष्ट पारेको छ।
जनकपुर । तराई मधेशमा दुई दिनदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण जनजीवन प्रभावित भएको छ। तुसारो र चिसोले...
जनकपुर । मधेश प्रदेश सभामा रिक्त सभामुख पदका लागि दुई जना प्रदेश सभा सदस्यको उम्मेदवारी परेको छ। पुस ६ गते...