लोड हुँदैछ...

मेनु

मधेशको सभामुखमा रामआशिष यादव निर्वाचित

मधेशको सभामुखमा रामआशिष यादव निर्वाचित

विराटनगर । मधेस प्रदेशसभाको सभामुखमा रामआशिष यादव विजयी भएका छन् । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आइतबार निर्वाचन भएको थियो ।

सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले सभामुखका लागि उम्मेदवारी दिएका थिए ।

जम्मा खसेको ९६ मतमध्ये यादवले ७२ मत प्राप्त गर्दै विजयी हुँदा त्रिलोकी प्रसादले २४ मत मात्रै पाए । निवर्तमान सभामुख रामचन्द्र मण्डल मंसिर ३ गते पदमुक्त भएपछि निर्वाचन गर्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।