लोड हुँदैछ...

मेनु

एमाले सांसद राईको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन

एमाले सांसद राईको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन

विराटनगर । सभामुख डिपी अर्यालले एमाले सांसद राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। सांसद राईले सभामुखलाई तपाईँ कान सुन्नुहुन्छ कि हुन्न ? भन्दै प्रश्न सोधेका थियो।

राईले भनेका थिए, ‘तपाईँले ५ वर्ष सदन चलाउन सक्नुहुन्न, मैले खुट्टी हेरिसकेँ, तपाईँले कुरा सुन्न पर्दैन ?’ त्यो अभिव्यक्तिपछि सदनमा विवाद उत्पन्न भएको थियो। १५ मिनेट स्थगित भएपछि बसेको बैठकमा सभामुखले सांसद राईको सबै अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

आजको पहिलो बैठकमा एमाले सांसद राजेन्द्रकुमार राईले बोल्न सुरु गरेसँगै सभामुख डोलप्रसाद अर्यालले थप नबोल्न र बस्न ग्रहण गर्न निर्देशन दिएका थिए । त्यसलगत्तै एमालेका अरु सांसदले पनि उठेर विरोध गरे ।

त्यसबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद टीका सङ्ग्रौलाले सभामुखप्रति अपमान भएको भन्दै नियमापत्ति गरेकी थिइन् । सो सन्दर्भमा सांसद राईले माफी माग्ने सन्देश पठाएको भन्दै सभामुख अर्यालले पुनः राईलाई बोल्न समय दिएका थिए । तर, विवादले नयाँ स्वरूप लिएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगन गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।