विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमाथि चुलिएको विवाद सुल्झिन नसक्दा आजका लागि बोलाइएको प्रदेशसभा बैठक पुनः स्थगित भएको छ। सत्तापक्षबीच नै बजेट संशोधनको मोडालिटीमा सहमति जुट्न नसकेपछि बैठक फेरि स्थगित गरिएको हो।
यो स्थगितसँगै बजेट प्रस्तुत भएयता कोशी प्रदेशसभाको बैठक लगातार तेस्रो पटक स्थगित हुन पुगेको छ। बजेट असन्तुलित, मन्त्री केन्द्रित र वितरणमुखी भएको भन्दै सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसकै असन्तुष्ट सांसदहरूले संसद चल्न नदिने अडान राखेपछि उत्पन्न गतिरोध अन्त्यका लागि ६ सदस्यीय संयुक्त कार्यदल बनाइएको थियो। तर, उक्त कार्यदलले पनि समयमै ठोस सहमति जुटाउन नसकेपछि अन्ततः आजका लागि तय गरिएको बैठक स्थगित गर्न सरकार बाध्य भएको हो।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।