विराटनगर । कोशी प्रदेश सरकारले सञ्चार क्षेत्रको काम गर्नेगरि गठन हुने प्रादेश सञ्चार प्रतिष्ठानको लागि ४ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
प्रदेश सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सो जानकारी दिएका हुन् ।
प्रदेश सरकारले प्रादेशिक आमसञ्चार ऐन निर्माण गरेको भएपनि सञ्चार प्रतिष्ठान भने गठन गरिसकेको छैन । पत्रकारिता क्षेत्रसँग सम्बन्धित सबै काम गर्नेगरि प्रतिष्ठान गठन गर्ने सरकारले जनाएको छ ।
यस्तै, लागुऔषध दुव्र्यसन र युवा सचेतना कार्यक्रमको लागि २ करोड रुपैयाँ बजेट छुट्याएको मन्त्री लिङ्थेपले जानकारी दिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको सो कार्यक्रम बजेट दुरुपयोग भएको भनेर आलोचना हुँदै आएको छ ।



















प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।