विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारले कृषि क्षेत्रको विकास, आधुनिकीकरण र उत्पादकत्व वृद्धिका लागि ६ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको हो।
प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले कृषि क्षेत्रलाई प्रदेशको अर्थतन्त्रको मुख्य आधारको रूपमा विकास गरिने बताए ।
मन्त्री लिङ्थेपले प्रस्तुत गरेको बजेटमा कृषिमा आत्मनिर्भर बन्न र कृषकहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू समावेश गरिएको छ। विनियोजित ६ अर्ब २८ करोड रुपैयाँ मुख्यगरी कृषि पूर्वाधार, सिँचाइ, सहुलियतपूर्ण ऋण, बीउबिजन वितरण र बजार व्यवस्थापनमा खर्च गरिने उल्लेख छ।



















प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।