विराटनगर । झापाको गौरादह नगरपालिकामा स्कुल बसले किच्दा ४ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ ।
झापा प्रहरीका अनुसार बुधबार बेलुका करिब ५ बजेको समयमा गौरादह नगरपालिका वडा नं। ७ स्थित फगेटीमा स्थानीय सजग एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले सोही स्कुलमा अध्ययनरत विद्यार्थी ४ वर्षीय आरोग्य चिमरियालाई किचेको थियो ।
स्थानीय खड्ग चिमरियाका छोरा आरोग्यलाई स्कुलबाट घर पुर्याएर ओराल्ने क्रममा सोही बसले किचेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय गौरीगंजको टोलीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने चालक ५७ वर्षीय लाल बहादुर बस्नेत रहेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालकको शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।