बेलबारी । मोरङको बेलबारी–२ मा रहेको शिक्षा सन्देश इङ्गलिस स्कुलले यसै शैक्षिक सत्रदेखि अन्तर्राष्ट्रिय स्तरको डिप्लोमा इन होटल म्यानेजमेन्टर विआइटि को पठनपाठन सुरु गर्ने भएको छ।
विद्यालयले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी नयाँ कोर्षहरू सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। विद्यालयका प्रिन्सिपल राजेश खत्रीका अनुसार मलेसियाको ुलिंकन विश्वविद्यालयु बाट सम्बन्धन प्राप्त गरी युरोस्किल टेक्निकल एण्ड भोकेसनल एकेडेमीमार्फत डिप्लोमा इन होटल म्यानेजमेन्ट सञ्चालन गर्न लागिएको हो। त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त गरी विआइटिको कक्षाहरू पनि यसै वर्षदेखि सुरु हुनेछन्।
पत्रकार सम्मेलनमा बोल्दै प्रिन्सिपल खत्रीले भने, ‘हाम्रो मुख्य उद्देश्य गुणस्तरीय र व्यावसायिक शिक्षामार्फत विद्यार्थीहरूलाई स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको अवसर प्रदान गर्नु हो। यो कार्यक्रमले होटल तथा पर्यटन क्षेत्रमा विश्व बजारमा बिक्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण योगदान पुग्नेमा हामी विश्वस्त छौँ।’
२०५० सालमा स्थापना भएको शिक्षा सन्देश स्कुल बेलबारी नगरपालिका मात्र नभएर यस क्षेत्रकै एक उत्कृष्ट शैक्षिक हब का रूपमा परिचित छ। हाल कक्षा १२ सम्म अध्यापन भइरहेको यस विद्यालयमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, बिजनेस स्टडी, कानुन, र ट्राभल एण्ड टुरिजमजस्ता विषयहरूमा अध्ययन अध्यापन हुँदै आएको छ।
नयाँ कोर्षहरूको सुरुवातसँगै यस क्षेत्रका विद्यार्थीहरूले प्राविधिक र व्यावसायिक उच्च शिक्षाका लागि टाढा जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ। विद्यालयले प्रदान गर्ने यो अवसरले स्थानीय स्तरमा शैक्षिक गुणस्तरलाई थप नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।