लोड हुँदैछ...

मेनु

ब्राउन सुगर कारोबार गर्ने दुई पक्राउ

ब्राउन सुगर कारोबार गर्ने दुई पक्राउ

दमक । झापाको दमकमा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये एक जनाको डेरा कोठाबाट ठूलो परिमाणमा ब्राउन सुगर, नगद र मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार विशेष सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले दमक नगरपालिका–५ स्थित एक डेरा कोठामा छापा मारेको थियो । त्यस क्रममा २३ वर्षीय तुलसी माझीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको कोठाबाट प्लास्टिकमा स–साना पोका बनाएर राखिएको अवस्थामा प्लास्टिक बाहेक ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर बरामद भएको हो । प्रहरीले घटनास्थलबाट विभिन्न दरका नेपाली रुपैयाँ ५६ हजार ६ सय, भारतीय रुपैयाँ १ हजार १ सय तथा दुई थान मोबाइल सेट समेत बरामद गरेको जनाएको छ ।

प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका तुलसी माझीले उक्त लागूऔषध बिक्रीका लागि ल्याइएको बताएका थिए । त्यसपछि सोही घटनामा संलग्न रहेको आरोपमा दमक–५ कै ३० वर्षीय माझीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ । पछिल्लो समय झापाका विभिन्न क्षेत्रमा ब्राउन सुगरको कारोबार र सेवन बढ्दै गएको भन्दै प्रहरीले निगरानी तथा नियन्त्रण अभियानलाई कडाइ गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।