लोड हुँदैछ...

मेनु

कोशी प्रदेश कांग्रेस संसदीय दलको बैठक आज बस्दै

कोशी प्रदेश कांग्रेस संसदीय दलको बैठक आज बस्दै

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठक आज बस्ने भएको छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिएका छन्।

लामो समयदेखि संसदीय दलको बैठक बस्न नसकेको भन्दै दलभित्रै असन्तुष्टि बढेपछि बैठक बोलाइएको हो।

यसअघि जेठ ६ गते संसदीय दलको बैठक बसेको थियो। आजको बैठकलाई जेठ ६ गतेकै बैठकको निरन्तरता भएको मुख्य सचेतक तामाङले बताए।

बैठकमा प्रदेशको समसामयिक राजनीतिक अवस्था, सरकारको प्रभावकारिता र दलभित्रको आन्तरिक व्यवस्थापनका विषयमा छलफल हुने बताइएको छ। पछिल्लो समय पार्टीभित्रको आन्तरिक समन्वय र सरकारको कार्यशैलीलाई लिएर केही सांसदहरूले प्रश्न उठाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।