विराटनगर । कोशी प्रदेश सभाको नवौँ अधिवेशनको चौथो बैठक आज आइतबार दिउँसो १ बजे बस्दैछ।
आजको बैठकमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश प्रमुखले गत जेठ ७ गते प्रदेश सभामा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। मुख्यमन्त्रीले प्रस्ताव पेश गरेसँगै सरकारको आगामी नीति तथा कार्यक्रममाथि सदस्यहरूबीच औपचारिक रूपमा छलफल सुरु हुनेछ।
यसैगरी, आजको बैठकमा सामाजिक विकास मन्त्री रामप्रसाद महतोले प्रदेश खेलकुद (पहिलो संशोधन( अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस् भनी सभामा प्रस्ताव पेश गर्ने कार्यक्रम समेत रहेको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजको बैठकमा प्रदेश सभा सदस्यहरूले आफ्नो धारणा राख्नेछन्।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।