पाँचथर । शुक्रबार राति पाँचथरमा भारी वर्षा भएको छ । अविरल वर्षाका कारण पाँचथरको याङवरक गाउँपालिकामा बाढी र पहिरोका कारण भौतिक संरचनामा ठूलो क्षति भएको छ ।
बाढीले दोभाने खोला, तमोर खोला र मध्य पहाडी राजमार्गमा क्षति गरेको छ भने केही घरहरु पनि बगाएको छ । पाँचथर र तेह्रथुमलाई जोड्ने निर्माणाधीन पक्की मोटरएबल पुल पनि बाढीले बगाएको छ । पाँचथरकै याङवरक गाउँपालिकामा पर्ने दोभाने खोला र त्यहा सञ्चालित हाइड्रो पावरसहित दर्जनौ संरचनामा क्षति पुगेको छ ।
पहिरोले याङवरक ३ र ७ को सिमावती लाम्वाखोला ढाँड एकराते निवासी महमलाल खबास र कविन्द्र खबासको घर बगाएको छ । वर्षापछि त्यस क्षेत्रमा टेलिफोन सम्पर्कसमेत हुन सकिरहेको छैन । जसकारण क्षतिको विवरण संकलन गर्न कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
याङवरक १, २ र ३ नम्बर वडाका झोलुङ्गे र पक्की पुलमा पनि बाढीले क्षति पुर्याएको छ । पहिरोका कारण मध्यपहाडी राजमार्ग अन्तर्गत च्याङथापु–थर्पु खण्ड अवरुद्ध भएको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।