लोड हुँदैछ...

मेनु

मेरिल्याण्ड कलेजमा भर्ना हुन विद्यार्थीको तछाडमछाड, उत्साहजनक सहभागिता

मेरिल्याण्ड कलेजमा भर्ना हुन विद्यार्थीको तछाडमछाड, उत्साहजनक सहभागिता

विराटनगर । विराटनगरको रंगेली रोडस्थित मेरिल्याण्ड कलेजमा कक्षा ११ मा भर्नाका लागि लिइएको प्रवेश परीक्षामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको छ ।

सोमबार आयोजित प्रवेश परीक्षामा कलेजमा पढ्न चाहने विद्यार्थीहरूको ठूलो घुइँचो लागेको हो । २०५९ सालमा स्थापना भएको मेरिल्याण्ड कलेजमा विज्ञान, कम्प्युटर विज्ञान र व्यवस्थापन संकायको अध्यापन हुँदै आएको छ । कलेजले यस वर्षका लागि विज्ञान संकायमा २५० र व्यवस्थापन संकायमा ६५० जनाको कोटा निर्धारण गरेको छ ।

सिमित सिटका लागि भएको उक्त प्रवेश परीक्षामा २१ सयभन्दा बढी विद्यार्थी सहभागी भएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए । ‘प्रवेश परीक्षामा विद्यार्थीहरूको निकै उत्साहजनक सहभागिता देखिएको छ,’ प्रिन्सिपल ढकालले भने, ‘विद्यार्थीहरूको यो आकर्षण र उत्साह देखेर हामी थप उत्साहित भएका छौं ।’

मेरिल्याण्ड कलेजमा भर्ना हुनका लागि कोशी प्रदेशका साथै मधेश प्रदेशका विभिन्न जिल्लाहरूबाट समेत विद्यार्थीहरू परीक्षा दिन आएका थिए । गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक वातावरणका कारण यो कलेज यस क्षेत्रकै विद्यार्थीहरूको रोजाइमा पर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।