विर्तामोड । सशस्त्र प्रहरी बलले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको लाखौँ रुपैयाँ बराबरको स्याउ झापाबाट बरामद गरेको छ।
झापा गाउँपालिका–१ बिलाइतिबारीस्थित बारुद्धिन शेखको घरमा स्याउ लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीको बीओपी टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो।
छापा मार्ने क्रममा बिलबिजकविहीन ५४ कार्टुन स्याउ बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद स्याउको कुल तौल १ हजार ८० किलोग्राम रहेको छ । त्यसको अनुमानित मूल्य ३ लाख २४ हजार रुपैयाँ बराबर रहेको बताइएको छ।
प्रहरीका अनुसार उक्त स्याउ भारततर्फ अवैध रूपमा निकासी गर्ने तयारी अवस्थामा फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।