लोड हुँदैछ...

मेनु

तमोर करिडोरमा भएको दुर्घटनामा एकको मृत्यु

तमोर करिडोरमा भएको दुर्घटनामा एकको मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ विजिटारस्थित निर्माणाधीन तमोर करिडोर सडक खण्डमा विंगर भ्यान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सोमबार बिहान भएको दुर्घटनामा सवित्रा ढुंगेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। दुर्घटनापछि सवारीभित्र च्यापिएकी उनको ज्यान गएको हो।

इटहरीबाट पाँचथरतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३९४९ नम्बरको विंगर अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक तेजकुमार चेम्जोङ र यात्रु दिपेन रसाइली घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ।

दुवैलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गाडीमा करिब २ हजार ५ सय चल्ला पनि बोकेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।