लोड हुँदैछ...

मेनु

कोशीसहित पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कोशीसहित पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विराटनगर । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाले आज कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ।

आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ। कोशीसँगै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा पनि चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना छ। यस्तै, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी प्रदेशमा मौसमको प्रभाव कायमै रहने देखिएको छ। कोशीका थोरै स्थानहरू तथा बागमती र गण्डकीका एक-दुई स्थानमा वर्षा र हिमपात हुन सक्नेछ। मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा रातिको समयमा पनि हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिममा बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीको अवस्था छ। वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।