लोड हुँदैछ...

मेनु

ट्रम्प र सीबीच बेइजिङमा शिखर वार्ता : आपसी सम्बन्धमा, नयाँ अध्याय सुरु गर्ने प्रतिबद्धता

ट्रम्प र सीबीच बेइजिङमा शिखर वार्ता : आपसी सम्बन्धमा, नयाँ अध्याय सुरु गर्ने प्रतिबद्धता

एजेनसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङस्थित ुग्रेट हल अफ द पिपलुमा बिहीबार बिहान उच्चस्तरीय शिखर वार्ता सुरु भएको छ। विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका नेताहरूले एकअर्कालाई मित्र र महान् नेता सम्बोधन गर्दै द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय सुरु गर्ने संकेत दिएका छन्।

सीएनएनका अनुसार वार्ताअघि राष्ट्रपति ट्रम्पलाई बेइजिङमा भव्य स्वागत गरिएको थियो। चीनले ट्रम्पको रुचि र ‘पेजेन्ट्री’ (भव्यता) प्रतिको लगावलाई ध्यानमा राख्दै हरेक दृश्यलाई सावधानीपूर्वक कोरियोग्राफी गरेको थियो। रातो कार्पेट, तोपको सलामी र झण्डा हल्लाउँदै गरेका बालबालिकाहरूको समूहले ट्रम्पको स्वागत गरेका थिए। तियानमेन स्क्वायरमा गुन्जिएको तोपको आवाज र सैन्य ब्यान्डको धुनबीच दुवै नेताहरूले सैनिक टोलीको निरीक्षण गरे।

चिनियाँ स्वागतबाट प्रसन्न भएका ट्रम्पले प्रतिक्रिया दिँदै भने, अद्भूत म ती बालबालिकाहरूबाट विशेष प्रभावित भएँ। तिनीहरू खुसी र सुन्दर थिए, जसले धेरै कुराको प्रतिनिधित्व गर्छन्।’

बैठकको सुरुमा चिनियाँ राष्ट्रपति सीले विश्वव्यापी अनिश्चितता र ऐतिहासिक मोडको चर्चा गरे। उदीयमान शक्तिले स्थापित शक्तिलाई चुनौती दिँदा हुने द्वन्द्वको जोखिम अर्थात् थुसिडाइड्स ट्र्यापको सन्दर्भ निकाल्दै सीले सहकार्यमा जोड दिए।

‘के चीन र अमेरिका थुसिडाइड्स ट्र्यापुलाई पार गरेर प्रमुख राष्ट्रहरूबीचको सम्बन्धको नयाँ नमुना स्थापना गर्न सक्छन्रु के हामी विश्वव्यापी चुनौतीहरूको सामना गर्न र विश्वमा थप स्थिरता ल्याउन हात मिलाउन सक्छौँ ? यी इतिहास र विश्वले सोधेका प्रश्नहरू हुन्, जसको जवाफ हामी दुई नेताले मिलेर लेख्नुपर्नेछ,’सीले भने।

अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा बधाई दिँदै सीले चीन र अमेरिकाबीचको साझा हित मतभेदहरूभन्दा ठूलो रहेको र दुई पक्ष मिल्दा दुवैलाई फाइदा हुने बताए ।

राष्ट्रपति ट्रम्पले सी जिनपिङलाई महान् नेत भन्दै प्रशंसा गरे। उनले आफूसँगै विश्वका शीर्ष ३० व्यवसायीहरूलाई चीन ल्याएको जानकारी दिए, जसमा टेस्लाका एलन मस्क, एनभिडियाका जेन्सन हुआङ र एप्पलका टिम कुक समावेश छन्।

ट्रम्पले भने, ‘तपाईं एक महान् नेता हुनुहुन्छ। कहिलेकाहीँ मानिसहरूले मैले यसो भनेको मन पराउँदैनन्, तर म तैपनि भन्छु किनभने यो सत्य हो। हामीसँग अद्भुत मानिसहरू छन् र तिनीहरू यहाँ तपाईं र चीनप्रति सम्मान व्यक्त गर्न र व्यापार विस्तार गर्न आएका हुन्।’ ट्रम्पले सीको साथी हुनु आफ्नो लागि सम्मानको कुरा भएको र दुई देशबीचको सम्बन्ध पहिलेभन्दा अझ राम्रो हुने दाबी गरे।

राष्ट्रपति सी जिनपिङले सन् २०२६ लाई चीन–अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु गर्ने एउटा ऐतिहासिक कोसेढुङ्गा बनाउने इच्छा व्यक्त गरेका छन्। वार्ताअघि दुवै नेताहरूले एकअर्काको पाखुरा सुम्सुम्याउँदै न्यानो व्यक्तिगत सम्बन्धको संकेत दिएका थिए। यद्यपि, व्यापार र ताइवानजस्ता जटिल मुद्दाहरूमा कस्तो सहमति जुट्छ भन्ने कुरा भने बैठकको अन्तिम निष्कर्षले नै स्पष्ट पार्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।